दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै
गोविन्द बानियाँ दक्षिण कोरिया ।
गत वर्ष दक्षिण कोरियास्थित कम्पनीमा भएको औद्योगिक दुर्घटनामा परी निधन भएका नेपाली लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्व. केहर सिंह छन्त्याल स्मृति साँझ–२०२६’ आयोजना हुने भएको छ। लोकसंगीतप्रति समर्पित छन्त्यालले आफ्नो जीवनकालमा नेपाली लोकगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएका थिए। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका विभिन्न लोकभाकालाई आफ्नो गायनमार्फत प्रस्तुत गर्दै आएका उनी लोकसंगीतलाई निःस्वार्थ प्रेम गर्ने कलाकारका रूपमा स्मरण गरिएका छन्। उनको भौतिक उपस्थिति नरहे पनि सांगीतिक सिर्जना र योगदानमार्फत उनी सधैँ सम्झनामा रहिरहने प्रतिष्ठानका सदस्यहरूले बताएका छन्। दिवंगत कलाकारप्रतिको सम्मान व्यक्त गर्नुका साथै उनका सांगीतिक सिर्जनालाई पुनः स्मरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
आगामी अक्टोबर २४, २०२६ (शनिबार) साँझ ७ बजेदेखि फ्यङ्थेकस्थित निरमाया रोधी क्लबको सभाहलमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा स्वर्गीय छन्त्यालका लय, शब्द तथा स्वरमा रहेका सांगीतिक सिर्जनाहरू प्रस्तुत गरिनुका साथै प्रतिष्ठानको दक्षिण कोरिया शाखामा आबद्ध कलाकारहरूले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुति दिनेछन्। कार्यक्रमको अर्को महत्त्वपूर्ण उद्देश्य दिवंगत कलाकारको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनु हो। आयोजकका अनुसार कार्यक्रमको खर्च कटाएर बाँकी रहने सम्पूर्ण रकम उहाँको परिवारलाई हस्तान्तरण गरिनेछ। यसले कलाकारको स्मृतिलाई सम्मान गर्नुका साथै शोकमा रहेको परिवारलाई आर्थिक राहत पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिष्ठानको दक्षिण कोरिया शाखाले कोरियामा रहेका सम्पूर्ण नेपाली संगीतप्रेमी, कलाकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई स्वर्गीय छन्त्यालप्रति श्रद्धाञ्जली अर्पण गर्न र उहाँको परिवारलाई सहयोग गर्ने अभियानमा साथ दिन आग्रह गरेको छ।
दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…
दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…
नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
प्रतिक्रिया