दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

गोविन्द बानियाँ, सउल दक्षिण कोरिया  ।

दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था कर्णाली प्रदेश समाज ख्याङ्साङ शाखा ले बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

 

“कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान” भन्ने मूल नारासहित आगामी जुन १३ र १४, २०२६ मा आयोजना हुने कार्यक्रममार्फत प्रवासमा रहेका कर्णालीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

 

कार्यक्रम जुन १३ शनिबार बेलुका ५ बजेदेखि सुरु हुनेछ। दक्षिण कोरियाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रीन नारा पेन्सन, सोंग्जु मा सञ्चालन हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ।

 

आयोजकका अनुसार कार्यक्रममा प्राकृतिक खोलामा पौडी खेल्ने व्यवस्था, पश्चिमेली देउडा गीत तथा झ्याउरे नाचगान, परिचयात्मक भेटघाट, तथा विविध नेपाली परिकारको स्वाद मुख्य आकर्षणका रूपमा रहनेछन्।

 

कार्यक्रमका लागि सहभागिता शुल्क पुरुषका लागि ८० हजार वन, महिलाका लागि ६० हजार वन, पारिवारिक सहभागिताका लागि १ लाख २० हजार वन र विद्यार्थीका लागि ५० हजार वन तोकिएको छ। शुल्क IBK बैंक अन्तर्गत रहेको Oli Dhakendra को खातामा जम्मा गर्न सकिने आयोजकले जनाएको छ।

 

कार्यक्रमको संयोजकमा नबिन शर्मा र सह–संयोजकमा युवराज शाही रहेका छन्। विभिन्न क्षेत्रका प्रतिनिधिमार्फत सहभागिता सुनिश्चित गर्न सम्पर्क व्यक्तिहरू पनि तोकिएको छ।

 

आयोजकले दक्षिण कोरियामा रहेका नेपालीलाई व्यस्त दैनिकीबाट केही समय निकालेर नेपालीपनको आत्मीयता साट्न, देउडाको लयमा रमाउन र सामुदायिक सम्बन्ध अझ प्रगाढ बनाउन कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित