दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

विजेता टोलीलाई २५ लाख वन

गोविन्द बानियाँ, सउल ।

नेपाल मगर संघ, दक्षिण कोरियाको आयोजनामा दोस्रो लखन थापा मगर स्मृति भलिबल कप २०२६ आगामी जुलाई ५ मा दक्षिण कोरियाको सुवनस्थित आजु विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने भएको छ। आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण भलिबल टोली तथा खेलप्रेमीलाई सहभागिताका लागि आग्रह गरेको छ। प्रतियोगितामा सहभागी हुने टोलीहरूले जुन २७ तारिख साँझसम्म टोली दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ताका लागि ३ लाख ५० हजार वन शुल्क निर्धारण गरिएको छ। दर्ता भएका टोलीहरूको टाइसिट जुन २८ तारिख साँझ ५ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ । खेल बिहान ८ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेता टोलीलाई २५ लाख वन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टोलीले १५ लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, दुई सान्त्वना टोलीलाई जनही ५ लाख वन प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १ लाख वन, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर तथा प्रशिक्षकलाई जनही ५० हजार वनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र मेलमिलाप अभिवृद्धि गर्नुका साथै खेलकुद विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल मगर संघ, गणतन्त्र कोरियाले जनाएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ०१०–८२६८–९५७४, ०१०–८०९५–३६०१ तथा ०१०–४४९१–८८०४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…