दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

गोविन्द बानियाँ, सउल ।

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमी तथा फिटनेस पारखीहरूका लागि तेस्रो संस्करणको “मिस्टर फिटनेस नेपाल प्रतियोगिता २०२६” आगामी अगस्ट २ तारिख आइतबार आयोजना हुने भएको छ। प्रतियोगिता दिउँसो १ बजे सुवनस्थित AK Plaza Art Hall (६औँ तला), सुवन मा हुने आयोजकले जनाएको छ। कार्यक्रम स्थल सुवनको AK Plaza भवनभित्र रहेको आर्ट हलमा रहनेछ।

 

फिटनेस नेपालद्वारा आयोजना गर्न लागिएको प्रतियोगिता पुरुष फिजिक (Men’s Physique) विधामा केन्द्रित रहनेछ। प्रतियोगितामा दक्षिण कोरियाभर रहेका नेपाली फिटनेस खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ।

 

प्रतियोगिताको विजेताले १५ लाख कोरियन वन, उपविजेताले १० लाख वन तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीले ५ लाख वन नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै ट्रफी, सम्मानपत्र तथा अन्य विशेष पुरस्कारहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ।

 

आयोजकले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ। प्रतियोगिताले कोरियास्थित नेपाली युवाहरूमा फिटनेसप्रति आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित