नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

 

गोविन्द बानियाँ, दक्षिण कोरिया ।

गत भदौ १० मा नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि दक्षिण कोरियामा रहेका नेपाली तथा विभिन्न संघ संस्थासँगै रेमिटेन्स कम्पनीहरूले पनि उल्लेख्य सहयोग गरेका छन्।

यसैक्रममा दक्षिण कोरियामा सञ्चालित जिएमइ, हानपास र जिमनी ट्रान्सले गरी ६७ लाख ८० हजार रुपैयाँ बराबरको सहयोग नेपाल पठाएका छन्।

जसमा हानपासले २३ लाख रुपैयाँ, जिमनी ट्रान्सले २२ लाख ८० हजार रुपैयाँ र जिएमइ ले २२ लाख रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । साथै कम्पनीहरुले सेवा शुल्क वापतको रकम समेत छुट गरेका छन् ।

विपद्को कठिन समयमा कोरियामा नेपालीहरूले आफ्नो मेहनतबाट आर्जन गरेको रकम नेपाल पठाउँदै आएको अवस्थामा, नेपालीहरूको आर्थिक कारोबारसँग प्रत्यक्ष जोडिएका रेमिटेन्स कम्पनीहरूले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत अभियानमा साथ दिएका हुन्।

तीन रेमिट कम्पनीको यो सहयोगले बाढी तथा पहिरोबाट प्रभावित परिवारको तत्कालीन राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा विपद्पछि स्वदेश तथा विदेशबाट राहत सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत ठूलो मात्रामा रकम संकलन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित