दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

गोविन्द बानियाँ, दक्षिण कोरिया ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले बडादसैँको अवसरमा सामूहिक टीका तथा आशीर्वाद ग्रहण, ज्येष्ठ नागरिक सम्मान र संस्थाको आयव्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी अक्टोबर २४, २०२६ शनिबार सुवनस्थित सराक एभरेष्ट रेस्टुरेन्टको सभा हलमा आयोजना हुनेछ। कार्यक्रम साँझ ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा ज्येष्ठ नागरिकबाट बडादसैँको टीका तथा आशीर्वाद ग्रहण गर्नुका साथै संस्थालाइ बिभिन्न किसिमले सहयोग गर्ने सहयोगीहरुलाइ सम्मान समेत गरिनेछ । त्यसैगरी, संस्थाको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्ने उद्देश्यले मोना कोरियाको आयोजनामा सम्पन्न भएको भलिबल प्रतियोगिताको आयव्यय विवरणसमेत सार्वजनिक गरिने आयोजकले जनाएको छ । दसैँ नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र अग्रजप्रतिको सम्मान अभिव्यक्त गर्ने महत्त्वपूर्ण पर्वका रूपमा रहँदै आएको छ।

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउँदै सामाजिक एकता र आत्मीयता अभिवृद्धि गर्न कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजकले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै