दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग
गोविन्द बानियाँ, दक्षिण कोरिया ।
नेपालमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि दक्षिण कोरियास्थित Seoul Christian University र नेपाली विद्यार्थीहरूको संयुक्त पहलमा १ करोड १० लाख कोरियन वन (₩11,000,000) संकलन गरिएको छ।
संकलित उक्त रकम करिब १२ लाख नेपाली रुपैयाँ बराबर रहेको छ। विश्वविद्यालय परिवार, प्राध्यापक, नेपाली विद्यार्थी तथा अन्य सहयोगी मनहरूको सहभागितामा संकलन गरिएको रकम नेपाली राजदूतावासमार्फत नेपाल सरकारको खातामा हस्तान्तरण गरिएको हो।
यस मानवीय अभियानअन्तर्गत विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै नेपाली राजदूतावास पुगेर संकलित रकम हस्तान्तरण गरेका थिए। अभियानमा सहभागी प्रतिनिधिले यस्तो मानवीय कार्यमा योगदान दिन पाउनु गर्व र खुसीको विषय भएको बताएका छन्।
विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै रकम हस्तान्तरण गर्ने जिम्मेवारी र विश्वास प्रदान गरेकोमा Seoul Christian University का संस्थापक, डिन तथा सम्पूर्ण विश्वविद्यालय परिवारप्रति आभार व्यक्त गरेका छन्।
विदेशमा रहेर पनि मातृभूमिमा विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले नेपालीहरूबीचको आत्मीयता, एकता र मातृभूमिप्रतिको जिम्मेवारीलाई प्रतिबिम्बित गरेको छ। हजारौँ किलोमिटर टाढा रहेर पनि नेपालमा परेको दुःखमा साथ दिन गरिएको यो पहलले मानवीय सहयोगको महत्त्वलाई उजागर गरेको छ।
अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सम्पूर्ण प्राध्यापक, विद्यार्थी, विश्वविद्यालय परिवार तथा सहयोगी मनहरूप्रति आयोजक पक्षले धन्यवाद व्यक्त गरेको छ। उनीहरूको सामूहिक प्रयासबाट बाढी प्रभावित नेपाली नागरिकका लागि उल्लेखनीय आर्थिक सहयोग जुटाउन सम्भव भएको हो।
नेपालमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विदेशमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाले सहयोग जुटाउने क्रम जारी रहँदा Seoul Christian University र नेपाली विद्यार्थीहरूको यो पहललाई पनि मानवीय सहयोगको उदाहरणका रूपमा हेरिएको छ।
नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
प्रतिक्रिया