दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

 

गोविन्द बानियाँ। सउल । दक्षिण कोरिया ।
नेपाली राजदूतावास दक्षिण कोरिया र उम हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा शुक्रबार कोरियन प्रेस सेन्टरमा विशेष कार्यक्रम आयोजना गरी ७३औँ सगरमाथा दिवस मनाएको छ। “सगरमाथा : नेपालको पहिचान र गौरव” भन्ने नारासहित आयोजित कार्यक्रममा कोरियाली पर्वतारोही, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा नेपालप्रेमी कोरियाली नागरिक, त्यस्तै कोरियास्थित नेपाली समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले नेपालको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र नेपाली आतिथ्यताबारे चर्चा गर्दै नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको थियो । उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे उल्लेख गर्दै हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो । 

नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देश प्रस्तुत गरिएको कार्यक्रममा नेपाललाई पर्वतारोहण, पदयात्रा, सांस्कृतिक तथा धार्मिक पर्यटनका आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो। कार्यक्रममा एशियन अल्पाइन एसोसिएसनका अध्यक्ष आरपी देवकोटा, मेडिटेक्स प्रालिका वरिष्ठ अनुसन्धान वैज्ञानिक डा. देवीबहादुर बस्नेत तथा कोरिया नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष डा. ली हुन जोङलगायतले सगरमाथा, पर्यटन सम्भावना र जलवायु परिवर्तनका प्रभावबारे धारणा राखेका थिए।

कोरियाली पर्वतारोही सन–उ नामले सगरमाथा आरोहण अनुभव साझा गरेका थिए भने नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो प्रदर्शन र नेपाली सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो।

राजदूतावासका अनुसार कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, कोरियाली सगरमाथा आरोही, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा नेपाली डायस्पोरासहित करिब ११५ जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै