बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

गोविन्द बानियाँ । सउल, दक्षिण कोरिया ।

"प्रवासी भूमिमा बागलुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाजको आवश्यकता" भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापना भएको बागलुङ समाज दक्षिण कोरियाले आफ्नो स्थापनाको गौरवमय २५औं वर्ष सफलतापूर्वक पूरा गरेको सुखद अवसरमा आगामी २०२६ जुन ७ तारिख आइतबारका दिन भव्य रूपमा "रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम २०२६" आयोजना गर्न गइरहेको छ।

फेन्थेक् स्थित निरमाया दोहोरी साँझको हल (경기 평택시 평택1ろ17 지하1층) मा बिहान ११:०० बजेदेखि सुरु हुने उक्त ऐतिहासिक कार्यक्रममा संस्थाको २५ वर्षको यात्रा समेटिएको विशेष स्मारिका विमोचन गरिनुका साथै नेपालका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक एवं संगीतकार सूर्य खड्कालाई विशेष अतिथि कलाकारका रूपमा आमन्त्रण गरिएको छ। मौलिक लोक भाका र दोहोरी गायनका क्षेत्रमा निकै रुचाइएका चर्चित कलाकार खड्काको विशेष सांगीतिक प्रस्तुतिसँगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको विशेष प्रस्तुति एवं नेपाली मौलिक पञ्चेबाजा र सांस्कृतिक नृत्यहरू समेत समावेश गरिएको छ ।

बागलुङ समाज दक्षिण कोरियाको आयोजना, बागलुङ समाज थेगु शाखा सह-आयोजना र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा यो कार्यक्रम सम्पन्न हुन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै