बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
गोविन्द बानियाँ । सउल, दक्षिण कोरिया ।
"प्रवासी भूमिमा बागलुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाजको आवश्यकता" भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापना भएको बागलुङ समाज दक्षिण कोरियाले आफ्नो स्थापनाको गौरवमय २५औं वर्ष सफलतापूर्वक पूरा गरेको सुखद अवसरमा आगामी २०२६ जुन ७ तारिख आइतबारका दिन भव्य रूपमा "रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम २०२६" आयोजना गर्न गइरहेको छ।
फेन्थेक् स्थित निरमाया दोहोरी साँझको हल (경기 평택시 평택1ろ17 지하1층) मा बिहान ११:०० बजेदेखि सुरु हुने उक्त ऐतिहासिक कार्यक्रममा संस्थाको २५ वर्षको यात्रा समेटिएको विशेष स्मारिका विमोचन गरिनुका साथै नेपालका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक एवं संगीतकार सूर्य खड्कालाई विशेष अतिथि कलाकारका रूपमा आमन्त्रण गरिएको छ। मौलिक लोक भाका र दोहोरी गायनका क्षेत्रमा निकै रुचाइएका चर्चित कलाकार खड्काको विशेष सांगीतिक प्रस्तुतिसँगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको विशेष प्रस्तुति एवं नेपाली मौलिक पञ्चेबाजा र सांस्कृतिक नृत्यहरू समेत समावेश गरिएको छ ।
बागलुङ समाज दक्षिण कोरियाको आयोजना, बागलुङ समाज थेगु शाखा सह-आयोजना र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा यो कार्यक्रम सम्पन्न हुन लागेको हो ।
दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…
नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
प्रतिक्रिया