किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

 

गोविन्द बानियाँ सउल, दक्षिण कोरिया

दक्षिण कोरियामा क्रियाशील किरात समुदायको अग्रणी संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती समापन समारोह तथा विशेष स्मारिका “वसाङलुङ” को विमोचन कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ।

“हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी मे ३१ आइतबार राजधानी सउलस्थित सेमाउल हल (새마을금고 भवन, 서울시 종로구 창신길 51, 5층) मा बिहान ११:०० बजेदेखि सञ्चालन हुने जनाइएको छ। संस्थाका अनुसार कार्यक्रमलाई ऐतिहासिक, भव्य तथा स्मरणीय बनाउने उद्देश्यसहित तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा संस्थाको स्थापना कालदेखि हालसम्मको २५ वर्षे यात्रा, उपलब्धि, समुदायमा पुर्‍याएको योगदान तथा आगामी योजनाबारे विस्तृत समीक्षा प्रस्तुत गरिनेछ। साथै दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच संस्थाले निर्वाह गरेको भूमिका, सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा पहिचान प्रवर्द्धनमा खेलेको योगदानबारे पनि विशेष चर्चा गरिने कार्यक्रम रहेको छ। यस अवसरमा संस्थाले रजत जयन्तीको स्मरणस्वरूप प्रकाशन गरेको “वसाङलुङ” नामक विशेष स्मारिकाको समेत औपचारिक विमोचन गर्ने तयारी गरेको छ। उक्त स्मारिकामा संस्थाको स्थापना कालदेखि हालसम्म सञ्चालन भएका गतिविधि, अनुभव, उपलब्धि तथा समुदायका विविध आयाम समेटिएको जनाइएको छ। यसले संस्थाको इतिहासलाई दस्तावेजीकरण गर्ने विश्वास लिइएको छ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा मातहतका ख्याङसाङनाम्दो, जेजुदो र छल्लादो शाखाहरूको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको हो। समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत च्याब्रुङ नृत्य, सामुदायिक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रमहरू समेत समावेश गरिने आयोजकले जनाएको छ। यसबाट नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य, भाइचारा र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

संस्थाले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था, बुद्धिजीवी, सञ्चारकर्मी तथा विशेषगरी किरात याक्थुङ समुदायलाई आफ्नो मौलिक पहिचान, भाषा र संस्कृतिको संरक्षणसँग जोडिएको यस ऐतिहासिक समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ। आयोजकका अनुसार कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई भाषा, संस्कृति, परम्परा र पहिचानसँग अझ नजिक ल्याउँदै भावनात्मक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
h     20.799
w   2027.778

20.799

2027.778

 

 

 

 

 

 

 

 

 

 

 

 

13

 

13

 

 

 

 

 

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …

दोलखाली समाज दक्षिण कोरियाको भेला तथा अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको भेला तथा अधिवेशन मे २४ मा हुने