दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

गोविन्द बानियाँ सउल (दक्षिण कोरिया) ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा आगामी जुन २१ तारिख आइतबारका दिन 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम–२०२६' हुने भएको छ। एनआरएनएले यहाँ कार्यरत नेपाली श्रमिक, अध्ययनरत विद्यार्थी तथा अन्य पेसामा आबद्ध सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी उक्त विशेष सचेतना र परामर्श कार्यक्रमको आयोजना गर्न लागेको हो। कोरियामा रहेका नेपालीहरूमाझ विविध कानुनी, व्यावहारिक तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू देखिन थालेपछि त्यसको न्यूनीकरण र सही मार्गदर्शनका लागि यो कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूद्वारा आवश्यक सचेतनामूलक तथा मनोपरामर्श सम्बन्धी महत्वपूर्ण जानकारी एवं परामर्श प्रदान गरिने बुझिएको छ। आयोजकका अनुसार उक्त कार्यक्रम आगामी २०२६ जुन २१ गते आइतबारका दिन दिउँसो ठीक १२:०० बजेदेखि सुरु हुनेछ। सो कार्यक्रम दोङ्देमुनमा रहेको सेमाउलबैंक (MG새마을금고) को पाँचौँ तल्लामा आयोजना गरिने तय भएको छ। कार्यक्रम स्थलसम्म पुग्नका लागि दोङ्देमुन स्टेसन, लाइन नम्बर १ को (Exit 1) निस्कन सक्नुहुनेछ ।

प्रवासी भूमिमा नेपालीहरूले भोग्नुपरेका विविध चुनौतीहरूलाई सम्बोधन गर्न र उनीहरूको मानसिक स्वास्थ्यलाई सबल बनाउन यो कार्यक्रमले निकै ठूलो र अर्थपूर्ण भूमिका खेल्ने विश्वास एनआरएनए दक्षिण कोरियाले व्यक्त गरेको छ। साथै, कोरियाबासी सम्पूर्ण नेपाली महानुभावहरूलाई उक्त निर्धारित मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …

दोलखाली समाज दक्षिण कोरियाको भेला तथा अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको भेला तथा अधिवेशन मे २४ मा हुने