दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

गोविन्द बानियाँ, सउल, दक्षिण कोरिया ।

सिन्धुपाल्चोक समाज, दक्षिण कोरिया को आयोजनामा आगामी जुन १४, २०२६ आइतबार का दिन दक्षिण कोरियाको सुवनमा नेपाली कथानक चलचित्र राम नाम सत्य को विशेष च्यारिटी प्रदर्शन  हुने भएको छ। आयोजकका अनुसार कार्यक्रमका लागि आधिकारिक रूपमा टिकट बुकिङ खुला गरिएको छ।

विद्यार्थीहरूको उज्यालो भविष्यलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रमबाट संकलित रकम सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको “शैक्षिक छात्रवृत्ति कोष” अभिवृद्धिमा प्रयोग गरिने जनाइएको छ। आयोजकले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताएका छन्।

 

प्रवासमा रहेर पनि मातृभूमिको शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सम्पूर्ण नेपाली समुदायलाई एकजुट गराउने प्रयास स्वरूप यो च्यारिटी सो आयोजना गर्न लागिएको हो।  यस अभियानले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरीएकाे छ ।

निर्देशक माइकल चन्द द्वारा निर्देशित चलचित्र राम नाम सत्य शक्तिशाली कथा, साहस र सम्मानको विषयवस्तुमा आधारित रहेको बताइएको छ। चलचित्रले दर्शकलाई अप्रत्याशित मोड दिने दाबी गरिएको छ। चलचित्रमा नेपालका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रमलाई सफल बनाउन आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायलाई विशेष सहयोग र सहभागिताका लागि अपिल गरेको छ। साथै, विद्यार्थीहरूको भविष्यसँग जोडिएको सामाजिक अभियान भएकाले जुन १४ तारिखमा सम्भव भएसम्म अन्य कार्यक्रम तथा चलचित्र प्रदर्शन नजुधाइदिन पनि विनम्र अनुरोध गरिएको छ।

सुवनमा हुने यस विशेष प्रदर्शनका लागि सिट सीमित रहेकाले आयोजकले समयमै टिकट बुकिङ गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …

दोलखाली समाज दक्षिण कोरियाको भेला तथा अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको भेला तथा अधिवेशन मे २४ मा हुने