कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
गोविन्द बानियाँ, सउल, दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेर नेपाली संगीत मार्फत छुट्टै पहिचान बनाउँदै आएको Fulyang ब्यान्डले आफ्नो नयाँ गीत “द्वन्द” को आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरेको छ। भिडियो शनिबार बेलुकी फुल्याङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
सउलस्थित द मास्काग्नीमा आयोजित विशेष कार्यक्रममा भिडियोको प्रिमियर गरिएको थियो। प्रिमियर कार्यक्रममा काेरियामा रहेका संगितप्रेमीहरूकाे उपस्थीती रहेकाे थियाे । नुप्पा केरोस ल्होमीले निर्देशन तथा छायांकन गरेको उक्त भिडियोमा कलाकार Kim Junhi (फुर्बा छिरिङ लामा) लाई फिचर गरिएको छ।

“द्वन्द” गीत फुल्याङले लेखन, संगीत संयोजन तथा एरेन्ज गरेको हो। गीतमा फ्यान्टम (डान फ्यान्टम किराँती) को स्वर रहेको छ भने गिटारमा पवन मंग्राती, बासमा कानून लामा, ड्रम्समा रोशन म्याक्स लामा र किबोर्डमा मोच मान तामाङ रहेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ आशिष पाठकले गरेका हुन्।
यसअघि ब्याण्डले “बाचौँ” र “आकार” शीर्षकका गीतहरू सार्वजनिक गरिसकेको थियो, जसले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाएको थियो। नयाँ गीत “द्वन्द” ले पनि नेपाली संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास ब्याण्डले व्यक्त गरेको छ।
भिडियाे
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया