फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह
गोविन्द बानियाँ, सउल, दक्षिण कोरिया ।
दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायभित्रै फेसबुक फेक आइडी नक्कली प्रोफाइल प्रयोग गरेर नेपालीले नेपालीलाई नै लक्षित गरी ठगी गर्ने घटना पछिल्लो समय बढ्दै गएको छ ।
केही समयदेखी फेसबुकमा वास्तविक व्यक्तिको फोटो तथा नाम प्रयोग गरी नक्कली अकाउन्ट बनाउने, साथी वा परिचितको रूपमा सम्पर्क गर्ने र विभिन्न बहानामा पैसा माग्ने घटनाहरू तीव्र रूपमा देखिन थालेका छन्।
अरु कसैको नाम र प्रोफाइल फोटो राखी दुरुष्तै आइडी बनाउने र ओरिजिनल आइडीमा साथी रहेका व्यक्तीहरुलाइ म्यासेज गरी पैसा माग्ने गरिएको छ । विश्वासमा पनि त्यहाँ दिइएको क्युआर कोडमा पैसा जम्मा गरी पिडीत पनि भएका छन् । यसरी ठगीमा पर्ने नेपालीको संख्या ठुलो छ भने रकम लाखौं छ । इमरजेन्सी परेको बहामा आर्थिक सहयोग माग्ने शैली बढी प्रयोग भइरहेको पीडित तथा समुदायका व्यक्तिहरू बताउँछन्। विशेषगरी प्रवासी नेपालीहरूबीच रहेको आपसी विश्वासको दुरुपयोग गर्दै केही व्यक्तिहरूले योजनाबद्ध रूपमा ठगी गरिरहेको आशंका गरिएको छ।
यसले समुदायभित्र असुरक्षा र अविश्वासको वातावरण बढाएको ठगीका शैलीहरू अरूको फोटो प्रयोग गरी नक्कली फेसबुक प्रोफाइल बनाउने, परिचित वा साथीको नाममा मेसेज पठाउने, अत्यावश्य सहयोग भन्दै भावनात्मक दबाब सिर्जना गर्ने, बैंक ट्रान्सफर वा QR कोडमार्फत तत्काल पैसा पठाउन आग्रह गर्ने ।
खासगरी दिपा घलान नामको माछापुच्छ्रे बैंकको यो अकाउन्टमा पैसा मागिएको छ । सचेत रहनुहोला सामाजिक सञ्जालमा पैसा माग्ने कुनै पनि अनुरोध तुरुन्तै विश्वास नगर्न, भिडियो कल वा प्रत्यक्ष पहिचान पुष्टि नगरी रकम नपठाउन तथा शंकास्पद प्रोफाइललाई ब्लक र रिपोर्ट गर्न अनुरोध गर्दछौँ ।
साथै, व्यक्तिगत फोटो तथा जानकारी अनावश्यक रूपमा सार्वजनिक नगर्न पनि सुझाव दिन्छौँ ।
प्रवासमा रहेका नेपाली समुदायबीच आपसी सहयोग र विश्वास महत्वपूर्ण भए पनि त्यसैको दुरुपयोग बढ्दै गएपछि सबैले थप सतर्क रहनुपर्ने आवश्यकता देखिएको छ। विश्वास नै ठगीको माध्यम बन्न नदिनुहोस्, सजग रहौँ र सुरक्षित रहौँ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …
प्रतिक्रिया