कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

गोविन्द बानियाँ, सउल, दक्षिण कोरिया ।

दक्षिण कोरियाका विभिन्न सांस्कृतिक कार्यक्रम तथा कन्सर्टहरूमा नेपालका प्रतिष्ठित ब्यान्डहरूकै झल्को दिने प्रस्तुति दिँदै आएको फुल्याङ ब्याण्डले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने भएको छ। 

ब्याण्डले “द्वन्द” शीर्षकको नयाँ गीतको म्युजिक भिडियो यही शनिबार बेलुकी सार्वजनिक गर्न लागेको हो। भिडियोको प्रिमियर शनिबार बेलुकी ८ बजेपछि युट्युबमार्फत सार्वजनिक गरिनेछ। सउलस्थित द मास्काग्नीमा एक विशेष कार्यक्रम आयोजना गरी भिडियो प्रिमियर गर्ने तयारी गरिएको छ। नुप्पा केरोस ल्होमीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा कलाकार किम जुन्हीलाई फिचर गरिएको छ।

यसअघि फुल्याङ ब्याण्डले “बाचौँ” र “आकार” शीर्षकका गीतहरू सार्वजनिक गरिसकेको छ, जसलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका थिए।

ब्याण्डले आफ्नो नयाँ गीत “द्वन्द” पनि दर्शक तथा स्रोताहरूले मन पराउने अपेक्षा गरेको छ।

 
 

प्रतिक्रिया

सम्बन्धित