दोलखाली समाज दक्षिण कोरियाको भेला तथा अधिवेशन मे २४ मा हुने
दक्षिण कोरियामा रहेका दोलखालीहरुको साझा संस्था ‘दोलखाली समाज दक्षिण कोरिया’को भेला तथा अधिवेशन आगामी मे २४ मा आयोजना हुने भएको छ ।
संस्थाले एक सूचना जारी गर्दै सम्पूर्ण दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेको हो । संस्थाका अनुसार कार्यक्रम २४ मे २०२६ आइतबार बिहान ११ः३० बजे सुवनस्थित उरी हिमालयन रेष्टुरेन्ट (गेट नम्बर ११) मा आयोजना गरिनेछ । कार्यक्रममा संस्थाको अधिवेशनसँगै आपसी भेटघाट, छलफल तथा आगामी योजनामाथि समेत विचारविमर्श गरिने जनाइएको छ । “तपाईं हाम्रो सुख दुःखको साथी, दोलखाली समाज दोलखालीको हितमा” भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण दोलखाली समुदायलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया