दक्षिण कोरियामा शिवलिङ्ग प्रतिष्ठापनसहित विशेष भजन कीर्तन आयोजना हुँदै

दक्षिण कोरियाको आन्सानस्थित सनातन मन्दिर तथा नेपाली पुस्तकालयमा आगामी मे १० मा ‘शिवलिङ्ग प्रतिष्ठापन, रुद्राभिषेक तथा विशेष भजन–कीर्तन कार्यक्रम’ आयोजना हुने भएको छ ।

पूर्वीय कला, संस्कार तथा नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरियाले कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो । समूहद्वारा जारी सूचनाअनुसार धार्मिक तथा आध्यात्मिक जागरण फैलाउने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदाय तथा श्रद्धालु भक्तजनलाई सहभागी भई आध्यात्मिक पुण्य लाभ लिन आग्रह गरिएको छ । कार्यक्रम मे १० आइतबार बिहान ९ बजेदेखि आन्सानस्थित सनातन मन्दिर तथा नेपाली पुस्तकालयमा सञ्चालन हुनेछ । कार्यक्रम स्थलको ठेगाना 경기도 안산시 단원구 원곡공원로 14-1 (원곡동 741-3) रहेको जनाइएको छ ।

आयोजकका अनुसार कार्यक्रममा शिवलिङ्ग प्रतिष्ठापनसँगै रुद्राभिषेक तथा विशेष भजन–कीर्तन गरिनेछ । कार्यक्रम सम्बन्धी थप जानकारीका लागि महेन्द्र सापकोटा, मनोज भुसाल तथा दुर्गा कुँवर (ऋषि)सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

महेन्द्र सापकोटा – ०१०-५८५९-२६०६

मनोज भुसाल – ०१०-५६९१-९६०२

 दुर्गा कुँवर (ऋषि) – ०१०-४८३२-०२९१

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …