किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा रजत जयन्ती समापन समारोह आयोजना
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव रजत जयन्ती को समापन अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाले रजत स्मारिका “वसाङलुङ” विमोचनसहितको समापन समारोहमार्फत आफ्नो दीर्घकालीन योगदान र उपलब्धिहरूलाई औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। कार्यक्रम आगामी मे १० आइतबार बिहान ११ बजे सेमाउलको हलमा आयोजना हुनेछ। कार्यक्रम स्थल दोङ्देमुन स्टेशन (Exit No. 1) बाट करिब २०० मिटर अगाडि रहेको छ ।
समारोहमा विभिन्न सामाजिक, सांस्कृतिक तथा प्रवासी नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। संस्थाले अतिथिहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ। चुम्लुङले विगत २५ वर्षदेखि दक्षिण कोरियामा रहेका किरात याक्थुङ समुदायलाई संगठित गर्दै भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। रजत जयन्ती समापन कार्यक्रमलाई संस्थाको ऐतिहासिक उपलब्धिको रूपमा लिइएको छ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया