दक्षिण कोरियामा २५७०औं बुद्ध जयन्ती विशेष समारोह हुने, तयारी तीव्र
गोविन्द बानियाँ सउल (दक्षिण कोरिया)
"राष्ट्रियता, कला र संस्कृति हाम्रो सान, एकताबद्ध नेपाली समाज हाम्रो पहिचान" भन्ने नाराका साथ नेपाली सम्पर्क समिति (NCC), दक्षिण कोरियाले २५७०औं बुद्ध जयन्तीको अवसरमा विशेष समारोह आयोजना गर्ने भएको छ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको सन्देश कोरियाली समाजमा फैलाउन र प्रवासमा रहेका नेपालीहरूबीच एकता कायम गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
आगामी २ मे, २०२६ शनिबारका दिन आयोजना हुने यस विशेष समारोहलाई दुई चरणमा विभाजन गरिएको छ:
-
पूजा कार्यक्रम: बिहान १०:०० बजे
-
औपचारिक कार्यक्रम: दिउँसो १२:१५ बजे
समारोह स्थल यो कार्यक्रम ग्योङ्गिन स्थित चर्चित वाउछङ्सा (Waujeongsa) गुम्बा परिसरमा (경기 용인시 처인구 해곡동224-4) सम्पन्न हुनेछ । वाउछङ्सा कोरियाकै प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थलमध्ये एक मानिन्छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको मुख्य आयोजनामा हुन लागेको यस कार्यक्रममा कोरियास्थित विभिन्न जातीय, क्षेत्रीय तथा सामाजिक संघ-संस्थाहरूले सह-आयोजक र सहयोगीको रूपमा ऐक्यबद्धता जनाएका छन्।
"Buddha Was Born in Nepal" भन्ने मूल मन्त्रलाई कोरियाली भाषामा समेत अनुवाद गरी प्रचार गरिएको यस कार्यक्रममा बुद्धको विशेष पूजा-आजा साथै औपचारिक कार्यक्रम आयोजना गरिने छ ।
आयोजक समितिका अनुसार कोरियामा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसायी तथा श्रमिकहरूलाई समारोहमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ। यस कार्यक्रमले दक्षिण कोरियामा नेपाली पहिचान र बुद्धको दर्शनलाई थप प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
20.799
1931.111
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया