दक्षिण कोरियामा 'सेलो नाइट–२' को रौनक, कलाकार जितु लोप्चानले स्टेज तताउने

गाेविन्द बानियाँ सउल (दक्षिण कोरिया)

नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ दक्षिण कोरियामा आगामी मे २ तारिख शनिबारका दिन 'सेलो नाइट–२' आयोजना हुने भएको छ। 'द आगनी ब्यान्ड'  को प्रस्तुतिमा हुन लागेको यस सांगीतिक कार्यक्रममा चर्चित तामाङ सेलो तथा म्हेन्दोमाया गायक जितु लोप्चानले प्रमुख आकर्षणका रूपमा प्रस्तुति दिनेछन्।

राजधानी सउल को दोङदेमुन क्षेत्र नजिकै रहेको हलमा आयोजना हुने उक्त कार्यक्रम रातभर चल्ने आयोजकले जनाएका छन्। विशेषगरी कोरियामा कार्यरत नेपाली तथा तामाङ समुदायलाई लक्षित गरी आयोजना गरिएको यस 'सेलो नाइट' मा मौलिक बाजागाजा र आधुनिक धुनको समिश्रण रहने बताइएको छ।

कलाकारहरूको बाक्लो जमघट मुख्य आकर्षण जितु लोप्चानसँगै कार्यक्रममा अन्य चर्चित कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। जसमा डिजे रमेश, प्रतिज्ञा लामा,शर्लिन तामाङ, तिर्थ तामाङ, सानभी तम्युस्यो, सन्दीप लामा, शोभा तामाङ र संगम थिङ रहेका छन्। कलाकारहरूले आफ्नो लोकप्रिय गीतहरूका साथै मौलिक सेलो नृत्यमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिने आयोजकको विश्वास छ।

मे २ तारिख राति ८ बजेबाट सुरु भई भोलिपल्ट बिहान ४ बजेसम्म चल्ने यस कार्यक्रमको टिकट दर ३०,००० कोरियन वन  तोकिएको छ। आयोजक 'द आगनी ब्यान्ड' का अनुसार कार्यक्रम सउलको छङ्रारी स्थित हुण्डाई कोर-ए (Hyundai Core-A) भवनमा हुनेछ।

टाढाबाट आउने दर्शकहरूको सुविधाका लागि  दोङदेमुन ३ नम्बर गेटबाट शटल बसको समेत व्यवस्था गरिएको छ।

कार्यक्रममा सहभागी हुनका लागि विभिन्न सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको छ । कोरियामा रहेका नेपालीहरूका लागि यो नयाँ वर्षको सुरुवातमै एउटा ठूलो सांगीतिक उत्सव हुने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …