कोरियामा ११ ‘ए’ साइड चौथो 'इक्सान कप फुटबल'को तयारी तीव्र, विजेताले ३५ लाख वन पाउने
गोविन्द बानियाँ, सउल (दक्षिण कोरिया)
"परदेशमा एकता, सद्भाव र स्वास्थ्यको लागि फुटबल" भन्ने मूल नाराका साथ इक्सान नेपाली फुटबल क्लब (Iksan NFC) ले आगामी मे १०, २०२६ मा चौथो 'इक्सान कप' फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यो दक्षिण कोरियामा कमै मात्रामा आयोजना हुने ११ ए साइड प्रतियगितामध्यको एक प्रतियोगिता हो ।
दक्षिण कोरियाको इक्सानमा हुने यस प्रतियोगितामा सहभागिताका लागि क्लबले टिम दर्ता खुल्ला गरेको छ ।
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको प्राविधिक सहयोगमा सञ्चालन हुने यस प्रतियोगितामा दक्षिण कोरियाभर रहेका नेपाली क्लबहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको तयारीका लागि इक्सान नेपाली समाज र इक्सान नेपाली भलिबल क्लबले सह-आयोजकको भूमिका निर्वाह गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद ३५,००,००० (पैंतीस लाख) कोरियन वनका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले २०,००,००० (बीस लाख) वन र सेमिफाइनलमा पुग्ने दुई टोलीले ४,००,००० (चार लाख) वन प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यतिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, मिड फिल्डर र अनुशासित टिमलाई जनही १,००,००० वन तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी (MVP) लाई १,५०,००० वन प्रदान गरिनेछ ।
मुख्य जानकारीहरू:
• प्रतियोगिता मिति: मे १०, २०२६ (आइतबार)
• दर्ता शुल्क: ४,००,००० वन
• टिम दर्ता अन्तिम मिति: मे २, २०२६ सम्म
• टाई–शिट प्रकाशन: मे ३, २०२६ (इक्सान NFC को आधिकारिक फेसबुक पेजबाट लाइभ)
• स्थान: 전북 익산시 금마면 축구장 (तेस्रो इक्शान कप भएको मैदान)
प्रतियोगितालाई भव्य बनाउन रारा रेष्टुरेन्ट इक्सानले मुख्य प्रायोजन गरेको छ भने बैंकिङ पार्टनरको रूपमा छन्बुक बैंक (Rai Nita) र रेमिट्यान्स पार्टनरको रूपमा GME रेमिट रहेका छन् । कोरियामा रहेका नेपालीहरूबीच भाइचारा बढाउन र खेलकुदका माध्यमबाट एकता कायम गर्न यस प्रतियोगिताले ठूलो सहयोग पुर्याउने आयोजकले लिएको छ ।
यसअघि मे ३ तारिकका लागी आयोजना गरिएको यो प्रतियोगिता विविध कारणले स्थगित भएको थियो ।
यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण कोरिया अपडेट फेसबुक पेज र युट्युबमा गोबिन्द बानियाँ च्यानल मार्फत हुनेछ ।
टिम दर्ता तथा विस्तृत जानकारीका लागि खेल संयोजक दिपेन्द्र राइ तथा पदाधिकारीहरु अर्जुन सापकोटा, विवेक गुरुङ, मिशाल शाही, प्रदिप कार्की, सुनिल लिम्बु लगायतका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया