राजदूत डा. तुम्बाहाङ्फेको बिदाइ र 'नयाँ वर्ष सांगीतिक धमाका'को पोस्टर सार्वजनिक

गोविन्द बानियाँ सउल (दक्षिण कोरिया)
पूर्वी नेपाल समाज, किरात याक्थुङ चुम्लुङ र ग्लोबल तेह्रथुम सेवा समाजको संयुक्त आयोजनामा आइतबार सउलको दोङ्देमुनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाका लागि नेपाली राजदूत  डा. शिवमाया तुम्बाहाङ्फेको सम्मानमा बिदाइ कार्यक्रम र नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको 'नयाँ वर्ष सांगीतिक धमाका २०२६' को पोस्टर सार्वजनिक गरिएको हो ।

सम्मान ग्रहण गर्दै राजदूत डा. तुम्बाहाम्फेले आफ्नो कार्यकालमा कोरियाली सरकार र यहाँ रहेका नेपाली समुदायबाट पाएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । तेह्रथुम जिल्लामा जन्मिएर राजनीति र कुटनीतिमा सक्रिय डा. तुम्बाहाम्फेले यसअघि नेपालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र प्रतिनिधि सभाको उपसभामुखको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ ।

उहाँ हालै कोरियामा 'उत्कृष्ट राजदूत अवार्ड २०२६' बाट समेत सम्मानित हुनुभएको थियो ।

सोही अवसरमा पूर्वी नेपाल समाज दक्षिण कोरियाद्वारा आगामी नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको "नयाँ वर्ष सांगीतिक धमाका २०२६" को औपचारिक पोस्टर समेत सार्वजनिक गरिएको छ । उक्त सांगीतिक कार्यक्रमको प्रचार–प्रसार र तयारीका बारेमा जानकारी दिन पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो ।

पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव गोविन्द बीसी, संस्थाका पदाधिकारीहरू, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले राजदूत डा. तुम्बाहाङ्फेको आगामी व्यक्तिगत तथा सामाजिक जीवनको पूर्ण सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …