मे ३ मा कर्णाली प्रदेश समाजको चौथो अधिवेशन हुने
गोविन्द बानियाँ । सउल, दक्षिण कोरिया । दक्षिण कोरियामा क्रियाशील कर्णाली प्रदेश समाजले आफ्नो चौथो अधिवेशन आयोजना गर्ने भएको छ । सन् २०२० मा स्थापना भएको उक्त संस्थाले प्रवासी नेपालीबीच एकता, सहकार्य र सामाजिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
“कर्णालीको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान” भन्ने मूल नाराका साथ अघि बढ्दै आएको संस्थाले अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा तय गर्ने तयारी गरेको छ ।
संस्थाका अनुसार, अधिवेशन आगामी मे ३, २०२६ (आइतबार) बिहान ११:०० बजे दोङ्देमुनमा रहेको नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा आयोजना हुनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका प्रवासी नेपालीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
संस्थाले विगतका वर्षहरूमा प्रवासी नेपालीहरूको हकहित संरक्षण, सामाजिक एकता अभिवृद्धि तथा सांस्कृतिक पहिचान प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको जनाएको छ। अधिवेशनले आगामी योजनाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा अतिथिका रूपमा कोरियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहने बताइएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सहयोग र साथ दिन आह्वान गरेको छ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया