सुवनमा रहेको उरी हिमालय रेष्टुरेण्ट एक बर्ष पुरा, वार्षिकोत्सवको बिशेष अफर सार्वजनिक
दक्षिण कोरियाको सुवन क्षेत्रमा रहेको ‘Woori Himalaya Restaurant’ ले आफ्नो सँचालनको एक बर्ष पुरा भएको छ । गत बर्ष देखी सञ्चालनमा आएर कोरियाका नेपालीहरुको मन जितिरहेको रेष्टुरेण्टले वार्षिकोत्सवको अवसरमा विशेष छुट योजना समेत सार्वजनिक गरेको छ।
रेस्टुरेन्टले अप्रिल १७ देखि मे ६ सम्म सम्पूर्ण मेनुमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो । रेस्टुरेन्ट व्यवस्थापनका अनुसार वार्षिकोत्सवलाई लक्षित गर्दै ग्राहकलाई आकर्षित गर्न यो अफर ल्याइएको हो।
नेपाली स्वादका परिकारका लागि परिचित उक्त रेस्टुरेन्टले विशेषगरी नेपाली समुदायसँगै कोरियन ग्राहकलाई पनि लक्षित गरेको जनाएको छ । सुवन स्टेशनको एक्जिट ७ र ११ नजिकै अवस्थित यस रेस्टुरेन्टमा दैनिक रूपमा विभिन्न नेपाली परिकार, दाल-भात सेटदेखि अन्य नेपाली खानाका विकल्पहरू उपलब्ध छन्।
सीमित अवधिका लागि ल्याइएको यो अफरको अधिकतम लाभ लिन ग्राहकलाई अनुरोध गरेको छ। थप जानकारीका लागि ०१०-३२६८-९२२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया