नयाँ वर्षमा अमृत विश्वकर्माको ‘दिल बस्यो’ सार्वजनिक, १२ वर्षपछि सांगीतिक पुनरागमन
गायक तथा सर्जक अमृत विश्वकर्माले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘दिल बस्यो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। पर्वत जिल्लामा जन्मिएका विश्वकर्मा करिब १२ वर्षको लामो अन्तरालपछि पुनः सांगीतिक क्षेत्रमा सक्रिय भएका हुन्। विश्वकर्माकै शब्द तथा संगीत रहेको गीतमा चर्चित गायिका देवी घर्ति मगरको स्वरसमेत रहेको छ। गीतको संगीत संयोजन एच.बि.एन. किस्मतले गरेका हुन् भने ‘वन डीबी एचडी’ स्टुडियोमा रेकर्डिङ गरिएको हो। रेकर्डिङमा राज खड्काको भूमिका रहेको छ भने व्यवस्थापन कुमार विश्वकर्माले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङसमेत संयोजक किस्मतले नै गरेका हुन्। गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको निर्माण पक्षले जनाएको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियो मकवानपुरको चित्लाङ क्षेत्रमा छायांकन गरिएको हो। भिडियोमा अमृत विश्वकर्मासँगै चर्चित मोडल जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ। क्यामेरामा नवराज उप्रेती र सम्पादनमा मनोज कार्की रहेका छन्। भिडियोमा २० भन्दा बढी नृत्य कलाकारको सहभागिता रहेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। एक सातामै लाखभन्दा बढी दर्शकले भिडियो हेरेको निर्माण टिमले जनाएको छ।
विश्वकर्मा विगत १२ वर्षदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका छन्। परदेश बसाइँका बाबजुद नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा योगदान दिँदै आएका उनले अबको समय संगीतमै समर्पित गर्ने लक्ष्य लिएको बताएका छन्। यसअघि उनका ‘दाई नभन ल’, ‘हरे शिव राम’, ‘दुई दिने यो चोला’ लगायतका गीत लोकप्रिय बनेका थिए। लामो समयपछि फर्किएका विश्वकर्माले नयाँ सिर्जनालाई पनि श्रोता–दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्। साथै, आफ्नो युट्युब च्यानलमार्फत आगामी दिनमा थप उत्कृष्ट सृजना ल्याउने तयारी रहेको जनाइएको छ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया