कोरियाली नागरिकनै कोरियाका लागी अमेरिकी राजदूत सिफारिस
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दक्षिण कोरियाका लागि नयाँ राजदूत पदमा कोरियाली मूलकी पूर्व सांसद माइकल पाकर् स्टिल लाई मनोनयन गरेका छन्। ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको मनोनयन विवरणअनुसार लामो समयदेखि रिक्त रहेको उक्त पद पूर्ति गर्ने उद्देश्यले स्टीललाई अघि सारिएको हो।
दक्षिण कोरियामा अमेरिकी राजदूतको पद सन् २०२४ को सुरुवातदेखि रिक्त रहँदै आएको थियो। यसअघि राजदूतका रूपमा कार्यरत फिलिप गाेल्डबर्ग पदबाट बिदा भएपछि करिब एक वर्षभन्दा बढी समय उक्त पद खाली रह्यो। सो अवधिमा कार्यवाहक रूपमा विभिन्न कूटनीतिज्ञहरूले जिम्मेवारी सम्हाल्दै आएका थिए।
स्टीलको मनोनयनलाई विशेष महत्वका साथ हेरिएको छ। अमेरिकी सिनेटबाट अनुमोदन भए उनी अमेरिकाबाट दक्षिण कोरियाका लागि नियुक्त हुने दोस्रो कोरियाली मूलकी राजदूत बन्नेछिन्। यसअघि संग िकब ले सन् २०११ देखि २०१४ सम्म उक्त पद सम्हालेका थिए।
विशेषगरी, लामो समयदेखि रिक्त रहेको राजदूत पदपछि स्टीलको सम्भावित नियुक्तिले अमेरिका–दक्षिण कोरिया सम्बन्धमा नयाँ गति आउने अपेक्षा गरिएको छ। सिनेटबाट अनुमोदन भए उनी दुई देशबीच कूटनीतिक संवादलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। एक वर्षभन्दा बढी समयसम्म राजदूतविहीन अवस्थामा रहेको दुवै देशबीचको उच्चस्तरीय समन्वयलाई पुनः सशक्त बनाउन उनको नियुक्ति निर्णायक मानिएको छ।
हाल अमेरिका र दक्षिण कोरिया बीच सुरक्षा, व्यापार, लगानी तथा क्षेत्रीय चुनौतीहरूमा सहकार्य आवश्यक देखिएको अवस्थामा नयाँ राजदूतको भूमिका झन् महत्वपूर्ण बन्ने विश्लेषण गरिएको छ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया