दक्षिण कोरियाको छाङ्वनमा नव वर्ष २०८३ विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने
गाेविन्द बानियाँ सउल, दक्षिण कोरिया । दक्षिण कोरियाको छाङ्वन क्षेत्रमा रहेका नेपालीहरूका लागि नव वर्ष २०८३ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । आगामी २०२६ अप्रिल १२ तारिख, आइतबार बिहान ११ बजे 창원외국인근로자지원센터 मा सञ्चालन हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कलाकारहरू प्रकाश गिरी र प्रलाप राईको विशेष प्रस्तुति रहनेछ भने नेपाली परम्परागत पञ्चेबाजा समेत आकर्षणको रूपमा रहनेछ । त्यस्तै, सहभागीहरूका लागि विभिन्न स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिनुका साथै विशेष उपहार समेत प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रम ख्यङंनाम क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्नाम नेपाली समाजको सहयोग र 창원외국인근로자지원센터 को आयोजनामा हुन लागेको हो भने रेस्टुरेन्ट पार्टनरका रूपमा URZA, मोबाइल पार्टनरका रूपमा Connect Mobile रहेको छ । नयाँ वर्ष २०८३ को सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई रमाइलो गर्न हार्दिक निमन्त्रणा गरेको छ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया