कोरियाको एउटा गाउँ जहाँ १७ बर्षपछी बच्चा जन्मियो

गोविन्द बानियाँ, सउल/दक्षिण कोरिया ।
दक्षिण कोरियाको छुङछननाम्दोस्थित एउटा ग्रामीण क्षेत्र युन्हाम्यन मा १७ वर्षपछि पहिलोपटक शिशुको जन्म भएको छ । १७ बर्षको अवधिमा त्यो क्षेत्रमा कुनै पनि नयाँ शिसुको जन्म भएको थिएन । यो शिसुजन्मलाइ त्यहाँका स्थानियहरुले ठुलो पर्वका रुपमा मनाएका छन् । होङ्सङगुन का अधिकारीहरूले जनाएअनुसार कम्बोडियाबाट आएकी आप्रवासी महिला श्रेदानी र उनका पति जङ हे दक दम्पतीलाइ गत मार्च १९ मा पुत्रलाभ भएको थियो । ‘योंग-जुन’ नाम राखिएको उक्त शिशुको जन्म यो गाउँमा १७ वर्षयताको पहिलो घटना हो । शिशुको जन्मसँगै गाउँभर खुसीयाली छाएको छ। स्थानीय संघसंस्थाहरूले गाउँका विभिन्न स्थानमा बधाई सन्देशसहितका ब्यानर टाँसेका छन्। ती ब्यानरहरूमा २०२६ मा उन्हाम्यन मा आएको विशेष उपहार—श्रेदानी र उनका पति जङ हे दक दम्पतीका छोरा जङ योङ जुन को जन्ममा हार्दिक बधाई” भन्ने सन्देश लेखिएको छ ।

 

यसैबीच, सोही गाउँको एकमात्र प्राथमिक विद्यालयमा यस वर्ष कक्षा १ मा चार जना नयाँ विद्यार्थी भर्ना भएका छन्। नयाँ भर्नासँगै विद्यालयमा कुल विद्यार्थी संख्या १७ पुगेको छ। लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको विद्यालयका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ । तर यी सकारात्मक घटनाहरू देशव्यापी जनसांख्यिक संकटको पृष्ठभूमिमा भएका हुन्। उन्हाम्यनमा विगत एक दशकदेखि जनसंख्या निरन्तर घट्दै आएको छ। तथ्यांकअनुसार सन् २०१५ मा २,६२८ रहेको जनसंख्या सन् २०२२ मा २,१९७, सन् २०२३ मा २,१५३ मा झरेको थियो। सन् २०२४ मा २,०५७ पुगेको जनसंख्या गत वर्ष जुलाईमा २,००० भन्दा तल झर्दै १,९९१ मा सीमित भएको थियो। मार्च १९ सम्मको विवरणअनुसार, अहिले उक्त क्षेत्रमा १,१३४ घरधुरीमा जम्मा १,९५४ जनसंख्या मात्र बाँकी रहेको छ। यससँगै उन्हाम्यन, होङ्सङगुन भित्रको दोस्रो सबैभन्दा सानो बस्तीको रूपमा दर्ज भएको छ। होङ्सङ गुनका प्रमुख ले १७ वर्षपछि शिशुको जन्म र नयाँ विद्यार्थी भर्ना हुनु सम्पूर्ण क्षेत्रका लागि ठूलो खुसीको विषय भएको बताए।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
h    124.792
w   2027.778

124.792

2027.778

 

 

 

 

 

 

 

 

 

 

 

 

20

20

20

20

 

 

 

 

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …