एनसीसी दक्षिण कोरियामा नयाँ नेतृत्व, हर्क बिष्ट अध्यक्षमा निर्वाचित
गोविन्द बानियाँ, सउल/दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाहरूको छाता संस्था नेपाली सम्पर्क समिति (एनसीसी) को १९औँ अधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयन गरिएको छ। अघिल्लो साता सम्पन्न अधिवेशनको निरन्तरतामा आज हर्क बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरिएको हो।
नव–निर्वाचित कार्यसमितिमा विभिन्न प्रदेश तथा क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसले संस्थालाई अझ समावेशी र सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले आगामी दिनमा नेपाली संघसंस्थाबीच समन्वय, सहकार्य र एकता थप मजबुत बनाउने विश्वास लिइएको छ।
नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेको छः
अध्यक्ष: हर्क बिष्ट
बरिष्ठ उपाध्यक्ष: नारायण न्यौपाने (लुम्बिनी)
महिला उपाध्यक्ष: हेमलता शर्मा (खुल्ला)
उपाध्यक्ष: नारायण पौडेल (गण्डकी)
उपाध्यक्ष: डेनराज सिजापति
महासचिव: सुमन चौलागाईं (बागमती)
सचिव: पदम राई (पूर्वी नेपाल)
सचिव: भगवान तिवारी (बागमती)
कोषाध्यक्ष: झलक बिष्ट (सुदूरपश्चिम)
सह–कोषाध्यक्ष: सेकेन्द्र गुरुङ (गण्डकी)
सदस्यहरू:
रुद्र पौडेल (लुम्बिनी),
ध्रुव आचार्य (गण्डकी),
केशब श्रेष्ठ (पूर्वी नेपाल),
मेघा रेउले (कर्णाली),
खगेन्द्र गौतम (कर्णाली),
साकेन्द्र चनारा (कर्णाली),
निरोज तामाङ (बागमती),
महेन्द्र हाङसारुम्बा (पूर्वी नेपाल)
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया