कोरियामा प्रथम म्याग्दी पालिका स्तरीय खेलाडी छनोट भलिबल प्रतियोगिता–२०२६ आयोजना

गोविन्द बानियाँ सउल, दक्षिण कोरिया ।

दक्षिण कोरियामा रहेका म्याग्देली खेलाडी छनोट तथा भेटघाट का लागि “प्रथम म्याग्दी पालिका स्तरीय खेलाडी छनोट भलिबल प्रतियोगिता–२०२६” आयोजना हुने भएको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी अप्रिल ५, २०२६ (आइतबार) का दिन 경기도 평택시 정북면 원율북로 23번길 19-7 मा सञ्चालन गरिनेछ।

कार्यक्रमको मुख्य उद्देश्य दक्षिण कोरियामा रहेका म्याग्देलीहरूबीच आपसी भेटघाट, सम्बन्ध सुदृढीकरण तथा माेना काेरियाकाे टिमका लागी उत्कृष्ट खेलाडी छनोट गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले ६ लाख वन नगदसहित ट्रफी र मेडल  प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ३ लाख वन नगदसहित मेडल प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई ५० हजार वन नगदसहित मेडल प्रदान गरिनेछ।

टिम दर्ता शुल्क २००,००० वन तोकिएको छ भने दर्ताको अन्तिम मिति मार्च २९, २०२६ दिउँसो १२:०० बजेसम्म रहेको छ। इच्छुक  टिमहरूले समयमै दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ। प्रतियोगितासँगै मौलिक लोकनृत्य समेत प्रस्तुत गरिनेछ, जसले नेपाली संस्कृति प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ । त्यस्तै कार्यक्रममा सेलराेटीकाे समेत व्यवस्था गरिएकाे छ । म्याग्दी जिल्लाबाट दक्षिण काेरियामा रहेका म्याग्देलीहरूबिच एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…