कोरियाको एक अटोमोबाइल कारखानामा आगलागी ५५ जना घाइते, १४ जना सम्पर्कविहीन

गोविन्द बानियाँ सउल, दक्षिण कोरिया ।

दक्षिण कोरियाको थेजन शहरमा रहेको एक कार पार्ट्स उत्पादन गर्ने कारखानामा शुक्रबार भीषण आगलागी हुँदा कम्तीमा ५५ जना घाइते भएका छन्। स्थानीय अग्नि नियन्त्रण निकायका अनुसार दिउँसो करिब १:१७ बजे आगलागी शुरू भएकाे  थियाे । आगलागीमा परी २४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने अन्य धेरैजना धुवाँका कारण र भवनबाट हाम फाल्दा घाइते भएका छन्।

घटनाका बेला कारखानाभित्र करिब १७० कामदार रहेका थिए, जसमा १४ जना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

आगो यति तीव्र थियो कि कारखानाको एक भवन पूर्ण रूपमा ध्वस्त भएको र भत्किने जोखिमका कारण दमकलकर्मीहरूलाई भित्र पस्न कठिन भएको जनाइएको छ। आगो नियन्त्रण गर्न ५०० भन्दा बढी सुरक्षाकर्मी, १२० भन्दा बढी सवारी साधन तथा विशेष उपकरण परिचालन गरिएको थियो।

अधिकारीहरूले कारखानाभित्र करिब २०० किलोग्राम ज्वलनशील रासायनिक पदार्थ रहेको बताउँदै आगो थप फैलिन नदिन विशेष सावधानी अपनाइएको जनाएका छन्।

यस कारखाना Anjun Industrial द्वारा सञ्चालनमा रहेको र यसले Hyundai Motor Company तथा Kia Corporation जस्ता प्रमुख अटोमोबाइल कम्पनीलाई पार्ट्स आपूर्ति गर्ने गरेको बताइएको छ।

घटनापछि दक्षिण कोरियाका राष्ट्रपति इजेम्यª ले उद्धार तथा नियन्त्रणका लागि सबै स्रोत परिचालन गर्न निर्देशन दिएका छन्।

आगोको कारण अझै स्पष्ट भइसकेको छैन भने घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले हराइरहेका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …