कमब्याक कन्सर्टको तयारीका क्रममा BTS का RM घाइते, फ्यानहरू चिन्तीत
गोविन्द बानियाँ सउल, दक्षिण कोरिया ।
दक्षिण कोरियाको चर्चित के–पप समूह BTS का सदस्य RM कोरियाको राजधानी सउलको ख्वाङ्ह्वामुन क्षेत्रमा आयोजना हुन लागेको कमब्याक कार्यक्रमको तयारीका क्रममा घाइते भएका छन् । उनको व्यवस्थापन कम्पनी BigHit Music ले जनाएअनुसार RM गत मार्च १९ मा रिहर्सलका क्रममा खुट्टाको एङ्कल मा चोट लागेपछि अस्पताल लगेर परीक्षण गरिएको थियो। चिकित्सकीय परीक्षणमा RM लाई आंशिक लिगामेन्ट च्यातिएको र हड्डीको वरिपरि चोट देखिएको थियो । डाक्टरहरूले उनको खुट्टामा प्लास्टरलगाएर कम्तीमा दुई सातासम्म हिँडडुल कम गरी आराम गर्न सुझाव दिएका छन्। कम्पनीका अनुसार चोट गम्भीर नभए पनि उनको अवस्थालाई ध्यानमा राख्दै मार्च २१ मा हुने ‘BTS कमब्याक लाइभ’ कार्यक्रममा उनको गतिविधि सीमित गरिनेछ।
RM मञ्चमा उपस्थित रहने भए पनि नृत्य तथा केही प्रस्तुति घटाइने बताइएको छ । कम्पनीले “कलाकारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै चोट झन् नबढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको” स्पष्ट पारेको छ। यद्यपि, RM ले कार्यक्रममा सहभागी हुने तीव्र इच्छा देखाएका कारण उनी सम्भव भएसम्म स्टेजमा उपस्थित भई फ्यानहरूसँग जोडिनेछन् । यसैबीच, RM ले फ्यान प्लेटफर्म Weverse मार्फत लाइभमा आफूले अभ्यासका क्रममा “अत्यधिक मेहनत गर्दा” चोट लागेको बताएका छन् । लामो अन्तरालपछि BTS ले नयाँ एल्बम ‘Arirang’ सहित कमब्याक गर्न लागेको सन्दर्भमा RM को चोटको खबरले फ्यानहरूबीच चिन्ता बढाए पनि उनको अवस्था स्थिर रहेको जनाइएको छ ।
कोरियाली नागरिकनै कोरियाका लागी अमेरिकी राजदूत सिफारिस
दक्षिण कोरियाको छाङ्वनमा नव वर्ष २०८३ विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने
कोरियाको एउटा गाउँ जहाँ १७ बर्षपछी बच्चा जन्मियो
एनसीसी दक्षिण कोरियामा नयाँ नेतृत्व, हर्क बिष्ट अध्यक्षमा निर्वाचित
कोरियामा प्रथम म्याग्दी पालिका स्तरीय खेलाडी छनोट भलिबल प्रतियोगिता–२०२६ आयोज…
प्रतिक्रिया