कोरियामा नेपालीका लागी निशुल्क स्वास्थ्य शिविर आयोजना
चेकजाँच, उपचार र औषधी सबै निशुल्क
गोविन्द बानियाँ सउल, दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाद्वारा आगामी मार्च २८ तारिख शनिबार सउलमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो।
शिविरमा कोरियामा रहेका भिसा भएका वा नभएका जो केही नेपालीले पनि निःशुल्क स्वास्थ्य जाँच, चिकित्सक परामर्श सेवा, एक्स–रे तथा औषधि समेत निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन् । एनआरएनए कोरियाका पदाधिकारी तथा भाषा अनुवादक पनि संगै हुने भएकाले भाषाको समस्या पनि हुँदैन र तपाईँले गर्ने चेकजाँच, उपचार र औषधीको समेत पैसा तिर्नुपर्दैन । यस स्वास्थ्य सेवामा नेपाली श्रमिक, विद्यार्थी तथा बिना भिसा कोरियामा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको छ। विशेषगरी आर्थिक अभाव, भाषा समस्या तथा जानकारीको कमीका कारण अस्पताल जान नसकेका नेपालीहरूलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार सीमित समयका लागि सञ्चालन हुने यस सेवाबाट अधिकतम लाभ लिन इच्छुकहरुले अग्रिम रूपमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। नाम दर्ता गर्दा आफ्नो सम्पर्क नम्बर र ठेगाना अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने बताइएको छ । स्वास्थ्य शिविर सउलस्थित २ नम्बर लाइनको 구의 역 को चार नम्बर गेटमा रहेको सउल जम्फ छङहेङ्वेग्वामा सञ्चालन हुने जनाइएको छ, जहाँ कोरियाली अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ। यस अवसरमा सबै नेपालीलाई सहभागी भई स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ। एनआरएनए कोरियाले विगतदेखि नै यस्ता सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र नियमित रूपमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । स्वास्थ्य सेवा लिन चाहनेहरूले तोकिएका सम्पर्क व्यक्तिहरू मार्फत अग्रिम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। साथै, संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले दक्षिण कोरियामा रहेका नेपाली समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया