दक्षिण कोरियामा पीएचडी, नेपाल फर्केर खुट्टा ढोग्दै मत मागेर नुवाकोट–२ बाट सांसद्
खुट्टा ढोग्दै मत मागेर चर्चा, ‘रोनाल्डोलाई नेपालको पानी खुवाउने’ अभिव्यक्ति
गोविन्द बानियाँ सउल, दक्षिण कोरिया । दक्षिण कोरियामा अध्ययन पुरा गरी फर्केका डा. अच्युतम् लामीछाने नुवाकोटबाट निर्वाचित भएका छन् । उनले नुवाकोट २ बाट ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।
उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५ सय तिन मत मात्र प्राप्त गरेका थिए । रास्वपाको बागमती प्रदेश सभापति समेत रहेका डा. लामिछाने निर्वाचन अगाडि घरदैलोको क्रममा खुट्टा ढोग्दै मत मागेर चर्चित बनेका थिए । २०७९ सालको निर्वाचनमा पनि रोनाल्डोलाइ नेपालको पानी खुवाउने अभिव्यक्ति भाइरल बनेको थियो । डा. लामिछाने विद्यार्थीको रुपमा दक्षिण कोरिया आइ स्पोर्ट साइन्समा विद्यावारिधि अध्ययन सम्पन्न गरेका हुन् । डा. लामिछाने लामो समय विदेश अध्ययन गरेर फर्किएका नेपालीमध्ये एक हुन् । विदेशी अध्ययनपछि उनी नेपाल फर्किएर सामाजिक, खेलकुद तथा राजनीतिक गतिविधिमा सक्रिय बने । पछिल्ला वर्षहरूमा उनी रास्वपाको संगठन विस्तारमा सक्रिय रहँदै बागमती प्रदेश सभापतिको जिम्मेवारीमा पनि थिए ।

खुट्टा ढोग्दै मत मागेर चर्चा
डा. लामिछानेले घरदैलो अभियानको क्रममा नेपाली झण्डा ओढेर घर घरमा पुग्दै मतदाताको खुट्टा ढोगेर सामाजिक सञ्जालमा चर्चा कमाएका थिए । डा. लामिछाने गाउँघरमा पुगेर वृद्धवृद्धा र स्थानीय मतदाताको खुट्टा ढोग्दै आशीर्वाद मागिरहेका देखिन्थे । कतिपयले यसलाई ‘नयाँ शैलीको राजनीति’ भने । कतिपयले भने ‘नाटक’ भन्दै आलोचना पनि गरे । तर प्रचारको त्यो शैलीले उनलाई चिनाउने र जिताउने काम भने गर्यो । स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सम्मानका साथ मत माग्ने उनको शैलीले युवादेखि वृद्धसम्मको ध्यान खिचेको थियो । यस नतिजाले नुवाकोट–२ को राजनीतिक समीकरण मात्र बदलिएको छैन, चुनावी प्रचार शैलीको एउटा फरक प्रयोग अनि उनको परिचय पनि चर्चामा ल्याएको छ — घरदैलोमा मतदाताको खुट्टा ढोग्दै मत मागेर जितेका सांसद ।


‘रोनाल्डोलाई नेपालको पानी खुवाउने’ अभिव्यक्ति
उसो त डा. लामिछाने यसअघि पनि सामाजिक सञ्जालमा चर्चामा आएका थिए । २०७९ सालको निर्वाचनको समयतिर उनले “नेपालको पानी विश्व स्तरमा पुर्याउन सके क्रिस्टियानो रोनाल्डो जस्ता स्टारलाई पनि खुवाउन सकिन्छ” भन्ने अभिव्यक्ति दिएका थिए, जुन भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । बदलिँदो नुवाकोट–२ नुवाकोट–२ मा विगतका निर्वाचनहरूमा कांग्रेस, एमाले वा गठबन्धन दलहरूको प्रभाव देखिँदै आएको थियो । तर यसपटक नयाँ अनुहार र नयाँ पार्टीको उदयले पुरानो राजनीतिक समीकरण भत्किएको विश्लेषण भइरहेको छ । स्थानीय तहहरू—विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर, किस्पाङ र म्यागङ गाउँपालिका—समेटिएको यस क्षेत्रमा युवा मुखी र वैकल्पिक राजनीतिप्रति आकर्षण बढेको देखिएको स्थानीयहरू बताउँछन् । चुनाव जितेपछि चुनौती सामाजिक सञ्जालमा चर्चित प्रचार शैलीबाट सांसद बनेका डा. लामीछानेका लागि अब अर्को परीक्षा सुरु भएको छ । मतदाताले दिएको समर्थनलाई विकास र नीतिगत काममा रूपान्तरण गर्न सके भने मात्र उनको राजनीतिक यात्राले स्थायित्व पाउनेछ । नत्र, चुनावी प्रचारका ती भाइरल दृश्यहरू केवल एक चुनावी क्षणको कथा बनेर सीमित हुनसक्नेछ ।

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया