ख्यङ्नाम नेपाली समाजको दोस्रो अधिवेशन सम्पन्न, रबि खवास अध्यक्षमा निर्वाचित
दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो क्षेत्रमा क्रियाशील ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ।
अधिवेशनबाट रबि खवास अध्यक्ष पदमा निर्वाचित भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा दिपक रिमाल, उपाध्यक्षहरूमा सन्दिप रावत र बबिराज रोकाया, तथा महिला उपाध्यक्षमा रस्मा लामा निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा दिपक आचार्य, सचिवहरूमा मिलन रेग्मी र गजेन्द्र रुचाल, कोषाध्यक्षमा बाला थुलुङ राई तथा सह–कोषाध्यक्षमा केदार अधिकारी चयन भएका छन्। समितिका सदस्यहरूमा महेश ढुङ्गाना, सुवास ढुङ्गाना, मनिश मगर, युवराज गिरि, बिष्णु ठकुल्ला, शिव आचार्य, बसन्त घिमिरे, सागर भट्टराई, रोशन क्षेत्री, नरेश ठकुराठी, निरज श्रेष्ठ, नवीन बाबु भण्डारी, खगेन्द्र बडाल, सञ्जय थापा, जीवन शर्मा, रामबहादुर थिङ, प्रदिप शर्मा, कुमार गुरुङ र टेकबहादुर श्रेष्ठ रहेका छन्। नवनिर्वाचित कार्यसमितिले ख्यङ्नाम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूबीच आपसी सहकार्य, एकता तथा सामाजिक गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया