ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन मार्च ८ मा
गोविन्द बानियाँ, सउल कोरिया ।
दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो क्षेत्रमा क्रियाशील ख्यङ्नाम नेपाली समाज दक्षिण कोरिया को दोस्रो अधिवेशन आयोजना हुने भएको छ । “कला, संस्कृति र सम्पदा नेपालको शान, प्रवासमा प्रवर्द्धन साझा अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनमा समाजका सदस्य तथा दक्षिण कोरियामा रहेका नेपाली समुदायको गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । अधिवेशन आगामी ०८ मार्च २०२६ (आइतबार) मध्यान्ह १:०० बजे ख्यङ्नाम इजुमिन सेन्टरको भवन, चाङवन (창원시 의창구 사화로18번길 30) मा सम्पन्न हुने जनाइएको छ ।
अधिवेशनमार्फत संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया