कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

गोविन्द बानियाँ सउल, दक्षिण कोरिया । दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूलाई कुकमिन फोहम (National Pension Scheme) मार्फत पेन्सन सुविधा सुनिश्चित गराउन पहल गर्न माग गर्दै कोरियामा रहेका ६ वटा प्रादेशिक समाजले आज संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् । 

 

 

 

दक्षिण कोरियास्थित संस्थाका प्रतिनिधिहरूले उक्त संयुक्त ज्ञापनपत्र आज राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र कोरिया भ्रमणमा रहेका नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्ले समक्ष पेश गरिएको हो ।

 

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार दक्षिण कोरियामा (EPS) अन्तर्गत कार्यरत नेपाली श्रमिकहरूले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका भए पनि अन्य देशका श्रमिकसरह राष्ट्रिय पेन्सन (कुकमिन फोहम) सुविधा पूर्ण रूपमा प्राप्त गर्न नसकेको अवस्था रहेको जनाइएको छ।

कोरियामा निश्चित अवधिसम्म काम गरी स्वदेश फर्किने विदेशी श्रमिकहरूले पेन्सन रकम वा सुविधा प्राप्त गर्ने व्यवस्था भए पनि नेपाली श्रमिकहरूको हकमा दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित हुन नसकेको भन्दै नेपाल सरकारबाट आवश्यक कूटनीतिक तथा नीतिगत पहल गर्न आग्रह गरिएको छ।

 

ज्ञापनपत्रमा दक्षिण कोरियामा क्रियाशील विभिन्न प्रदेश समाजहरू — सुदूरपश्चिम समाज, पूर्वी नेपाल समाज, बागमती प्रदेश एकता समाज, कर्णाली प्रदेश समाज, गण्डकी प्रदेश समाज तथा लुम्बिनी प्रदेश समाज — को संयुक्त समर्थन रहेको छ । 

 

राजदुतावासमार्फत उक्त विषय नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्म पुर्‍याई आवश्यक कूटनीतिक समन्वय गर्न अनुरोध गरिएको छ।

सम्बन्धित सबै प्रदेश समाजहरूले यस विषयमा एकमत रहेको र आवश्यक सहयोगका लागि निरन्तर साथ दिने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …