जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियामा क्रियाशील लमजुङ परिवार दक्षिण कोरियाले आगामी जुन ६ र ७ तारिख बृहत् पिकनिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ।

 

संस्थाका अनुसार हाललाई कार्यक्रमको मिति मात्र तय गरिएको छ भने पिकनिक आयोजना हुने स्थान तथा अन्य विस्तृत कार्यक्रमहरू भने अझै अन्तिम निर्णय भइसकेको छैन। स्थान, सहभागिता प्रक्रिया तथा कार्यक्रम सम्बन्धी थप विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

 

प्रवासमा रहेका लमजुङबासीबीच आपसी भेटघाट, परिचय विस्तार तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले पिकनिक आयोजना गर्न लागिएको बताइएको छ।

 

कार्यक्रम सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने लमजुङ परिवार दक्षिण कोरियाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित