दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । 
दक्षिण कोरियाको आनसानमा आगामी मार्च १ तारिख ‘होली महोत्सव–२०२६’ आयोजना हुने भएको छ। रङ्गहरुको पर्व फागु पूर्णिमालाई प्रवासमा समेत चिनाउन र नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

 

‘सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरिया’को प्रमुख आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई ‘मधेशी समाज दक्षिण कोरिया’ र ‘थारु कल्याणकारीणी सभा दक्षिण कोरिया’ले सह–आयोजना गरेका छन्।

 

आयोजकका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति, सांस्कृतिक झाँकी तथा होली विशेष खेलहरु समावेश गरिनेछ। कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई मनोरञ्जन लिनुका साथै संस्कृति प्रवर्द्धनमा टेवा पुर्‍याउन आग्रह गरिएको छ।

 

 

कार्यक्रम विवरण:

 

 

  • मिति: २०२६ मार्च १ (आइतबार)
  • समय: बिहान ११:३० बजेबाट
  • स्थान: 경기도 안산시 단원구 부부로 43 (원곡동)
    आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्क
    आनसान (안산) स्टेशनबाट पैदल ५ मिनेटको दूरीमा

 

 

आयोजकले होलीका लागि आवश्यक रङ्ग र टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुने जानकारी दिएको छ।

 

प्रवासमा नेपाली समुदायबीच एकता, सद्भाव र सांस्कृतिक आत्मीयता सुदृढ बनाउने विश्वासका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …