नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

गोविन्द बानियाँ, सउल दक्षिण कोरिया ।

दक्षिण कोरियास्थित ग्लोबल एलिम फाउन्डेसनद्वारा प्रदान गरिने ‘२०२६ स्प्रिङ ग्लोबल एलिम फाउन्डेसन स्कलरशिप (GEFS)’ अन्तर्गत २ जना नेपाली विद्यार्थी छात्रवृत्तिका लागी छनोट भएका छन् । 

 

सउलस्थित नेपाली राजदूतावासको सिफारिसमा सम्पन्न छनोट प्रक्रियामा शैक्षिक योग्यता (GPA), अध्ययन क्षेत्र तथा समग्र योग्यताको आधारमा विद्यार्थी चयन गरिएको जनाइएको छ। प्रत्येक देशको दूतावासले बढीमा दुई जना विद्यार्थी सिफारिस गर्न सक्ने प्रावधानअनुसार नेपाली दूतावासले कोरियामा अध्ययनरत सागर राई तथा सन्ध्या शर्मालाइ सिफारिस गरेको हो ।

 

छात्रवृत्ति प्राप्त गरेसँगै उहाँहरूले गणतन्त्र कोरियाका शैक्षिक संस्थामा आफ्नो अध्ययनलाई थप सुदृढ बनाउन आर्थिक तथा शैक्षिक सहयोग प्राप्त गर्नेछन्। यसले विद्यार्थीहरूको शैक्षिक उन्नति, अनुसन्धान क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा नेतृत्व विकासमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

विदेशी भूमिमा अध्ययनरत नेपाली विद्यार्थीहरूको प्रोत्साहन र संरक्षणका लागि नेपाली राजदूतावासले निरन्तर पहल गर्दै आएको छ। उक्त छात्रवृत्तिले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक भावना, उत्कृष्टता र जिम्मेवारीबोध अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित