दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । दक्षिण कोरियाका लागी नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई कोरियामा ‘बेस्ट एम्बासडर अवार्ड २०२६’ प्रदान गरिएको छ। दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतहरूलाई ‘2026 Best Ambassador Award’ कार्यक्रममा विशेष सम्मान गरिएको छ ।
सम्मानित हुने राजदूतहरूमा कोरियाका लागि नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाङफे, पेरुका राजदूत तथा किर्गिस्तानका राजदूत रहेका छन्। ‘कोरिया कन्ज्युमर ब्रान्ड अवार्ड्स २०२६’ अन्तर्गत आयोजित कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा ब्रान्ड प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आयोजकका अनुसार उपभोक्ता विश्वास, सामाजिक योगदान तथा कूटनीतिक सक्रियताका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । सोही क्रममा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै राजदूत तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर अवार्ड’ प्रदान गरिएको बताइएको छ । अवार्ड ग्रहण गर्दै राजदूत तुम्बाहाङ्फेले नेपाल–कोरिया सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कोरियन पक्षका उच्च प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । नेपाल र दक्षिण कोरियाबीच श्रम, शिक्षा, व्यापार तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ। पछिल्ला वर्षहरूमा नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै गएको छ। यस अवार्डलाई नेपालका लागि समेत गौरवको विषयका रूपमा हेरिएको छ ।


सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया