सलनालमा कोरियाका नेपालीहरूको बहुप्रतिक्षित ‘जोन एन्ड दि लोकल्स’ को भव्य कन्सर्ट हुँदै
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली संगीतप्रेमीका लागि लोकप्रिय ब्याण्ड ‘जोन एन्ड दि लोकल्स’ ले लाइभ प्रस्तुति दिने भएको छ । धराने इभेन्ट्स कोरियाको आयोजनामा कोरियाली नयाँ बर्ष सलनालको अवसरमा यही फेब्रुअरी १७ (मंगलबार) सउलमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।
‘जोन एन्ड दि लोकल्स’ को कोरिया टुर अन्तर्गत आयोजित कन्सर्ट माङ्वोल्सा स्टेशन (लाइन नम्बर १) को गेट नम्बर ४ नजिकै रहेको सिन्हान विश्वविद्यालय ( (망월사역 신한대학교)
Mangwolsa Station, Line No. 1, Exit Gate No. 4 ) मा आयोजना हुनेछ । आयोजकका अनुसार कार्यक्रमको हल प्रवेश दिउँसो ३ बजेदेखी खुल्ला हुनेछ । कन्सर्टको लागी टिकट शुल्क भने ५० हजार कोरियन वन तोकिएको छ ।
कार्यक्रममा जोन एन्ड दि लोकल्ससँगै ओपनिङ ब्याण्ड ‘फुल्याङ’ को प्रस्तुति रहनेछ । कार्यक्रमको सञ्चालन रेश्मा राई ले गर्नेछिन भने डिजे आरएक्स ले आफ्नो बिटमा नचाउने छन् । आयोजकले दोङ्देमुन स्टेशनको गेट नम्बर २ र ३ बाट कार्यक्रम स्थलसम्म शटल बसको व्यवस्था समेत गरिएको जनाएको छ ।
दक्षिण कोरिया टुर अन्तर्गत आयोजना हुन लागेको यो कन्सर्ट नेपाली समुदायबीच अत्यन्तै प्रतीक्षित कार्यक्रमका रूपमा हेरिएको छ । अनलाइन टिकटिङ पार्टनरका रूपमा जिमनी ट्रान्स रहेको छ जहाँबाट तपाइँले सजिलै टिकट काट्न सक्नुहुनेछ ।
कार्यक्रम सफल बनाउन विभिन्न संघ–संस्था, व्यवसायिक प्रतिष्ठान तथा सञ्चारमाध्यमहरूले सहकार्य गरेका छन् । आयोजकले कोरियामा रहेका नेपाली युवायुवती तथा संगीतप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्र गरेको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया