ऱ्यापरहरु GBOB र ST MAN कोरिया आउँदै, सलनालमा ‘Nep Hop Night’ मा लाइभ प्रस्तुति दिने

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय र्‍यापर तथा हिपहप गायक जि बब (GBOB) र ST MAN दक्षिण कोरिया आउने भएका छन्।

कोरियन नयाँ वर्ष सलनाल को अवसरमा Mangena Entertainment को आयोजनामा आगामी फेब्रुअरी १७ मा हुने ‘Nep Hop Night’ कार्यक्रममा उनीहरुले आफ्नो विशेष प्रस्तुति दिने भएका हुन्। दक्षिण कोरियामा रहेका नेपाली युवामाझ लोकप्रिय हिपहप संस्कृतिलाई केन्द्रमा राख्दै आयोजना हुन लागेको यस कार्यक्रममा नेपालका चर्चित हिपहप कलाकार GBOB सँगै ST MAN ले पनि सउलमा लाइभ प्रस्तुति दिनेछन्। कार्यक्रममा संगीतसँगै नृत्यको समेत विशेष आकर्षण रहने आयोजकले जनाएको छ ।

डान्सर शर्लिन तामाङ र Gopika Nepal ले स्टेज तताउनेछन् भने DJ CMAN ले हिपहप बीट्समार्फत दर्शकलाई नचाउनेछन् । कार्यक्रम फेब्रुअरी १७ साँझ ७ बजेदेखि सुरु भई बिहान ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थल सउल मेट्रो लाइन नम्बर १ अन्तर्गत छेगिदोङ (Jegidong) स्टेशन नजिक रहेको छ। कार्यक्रममा प्रवेशका लागि ४० हजार कोरियन वोन शुल्क तोकिएको छ । नेपालको हिपहप संगीत, युवा ऊर्जा र दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमलाई युवामाझ विशेष उत्साहका साथ हेरिएको छ।

थप जानकारी तथा टिकट बुकिङका लागि पोस्टरमा उल्लेखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

 📅 कार्यक्रम फेब्रुअरी १७, २०२६ मा

 ⏰ साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछ।

 📍 स्थान: सउल, दोङ्देमुन (Train Line 1, Jegidong Exit No. 2 नजिक)

🎟️ प्रवेश शुल्क ४०,००० वोन तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने