ऱ्यापरहरु GBOB र ST MAN कोरिया आउँदै, सलनालमा ‘Nep Hop Night’ मा लाइभ प्रस्तुति दिने
पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय र्यापर तथा हिपहप गायक जि बब (GBOB) र ST MAN दक्षिण कोरिया आउने भएका छन्।
कोरियन नयाँ वर्ष सलनाल को अवसरमा Mangena Entertainment को आयोजनामा आगामी फेब्रुअरी १७ मा हुने ‘Nep Hop Night’ कार्यक्रममा उनीहरुले आफ्नो विशेष प्रस्तुति दिने भएका हुन्। दक्षिण कोरियामा रहेका नेपाली युवामाझ लोकप्रिय हिपहप संस्कृतिलाई केन्द्रमा राख्दै आयोजना हुन लागेको यस कार्यक्रममा नेपालका चर्चित हिपहप कलाकार GBOB सँगै ST MAN ले पनि सउलमा लाइभ प्रस्तुति दिनेछन्। कार्यक्रममा संगीतसँगै नृत्यको समेत विशेष आकर्षण रहने आयोजकले जनाएको छ ।
डान्सर शर्लिन तामाङ र Gopika Nepal ले स्टेज तताउनेछन् भने DJ CMAN ले हिपहप बीट्समार्फत दर्शकलाई नचाउनेछन् । कार्यक्रम फेब्रुअरी १७ साँझ ७ बजेदेखि सुरु भई बिहान ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थल सउल मेट्रो लाइन नम्बर १ अन्तर्गत छेगिदोङ (Jegidong) स्टेशन नजिक रहेको छ। कार्यक्रममा प्रवेशका लागि ४० हजार कोरियन वोन शुल्क तोकिएको छ । नेपालको हिपहप संगीत, युवा ऊर्जा र दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमलाई युवामाझ विशेष उत्साहका साथ हेरिएको छ।
थप जानकारी तथा टिकट बुकिङका लागि पोस्टरमा उल्लेखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
कार्यक्रम फेब्रुअरी १७, २०२६ मा
साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछ।
स्थान: सउल, दोङ्देमुन (Train Line 1, Jegidong Exit No. 2 नजिक)
प्रवेश शुल्क ४०,००० वोन तोकिएको छ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया