राप्ती समाज दक्षिण कोरियाद्वारा सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम आयोजना

गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । दक्षिण कोरियामा सक्रिय राप्ती समाज, दक्षिण कोरिया ले कोरियाली नयाँ वर्ष सलनाल तथा महाशिवरात्रि को अवसर पारेर आगामी फेब्रुअरी १५ मा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ  । 

 

कार्यक्रम राजधानी सउलको यस ठाउँमा (종로구 종로 63-8, 2층 파노라마) मा साँझ ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

 

कार्यक्रममा लोक तथा दोहोरी गीत, लाइभ म्युजिक प्रस्तुति, सांस्कृतिक नृत्य र विभिन्न कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । साथै, कार्यक्रममा १५ प्रकारका स्वादिष्ट परिकार निःशुल्क व्यवस्था गरिने जानकारी दिइएको छ ।

 

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य संस्थाको कोष वृद्धि, खेलकुद कोष स्थापना तथा सामाजिक एकता मजबुत बनाउनु रहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, व्यवसायी र सञ्चारमाध्यमको सहकार्य रहेको छ । कार्यक्रमसम्बन्धि थप जानकारीका लागी पोस्टरमा रहेका नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित