दक्षिण कोरियाको कारखानामा आगलागीमा परी बेपत्ता भएका नेपाली अझै भेटिएनन्
फेला परेको शवको पहिचान खुलेन
गोविन्द बानियाँ, सउल दक्षिण कोरिया । दक्षिण कोरियाको छुङ्छन प्रान्तस्थित एउटा कारखानामा भएको भीषण आगलागीमा एक नेपाली कामदार बेपत्ता भएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक विदेशी कामदार अझै सम्पर्कविहीन छन् ।
छुङछन प्रान्तको उम्सङ मा रहेको दैनिक उपभोग्य सामग्री उत्पादन गर्ने कारखानामा शुक्रबार दिउँसो करिब ३ बजे आगलागी भएको हो । आगलागी सुरु भएपछि केही समयमै आगो तीव्र रूपमा फैलिएको थियो ।
दमकल विभागका अनुसार कारखानामा कार्यरत ८३ जनामध्ये ८१ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ । तर दुई जना कामदार भने घटनास्थलमै सम्पर्कविहीन भएका थिए । बेपत्ता हुनेमध्ये एक जना नेपाली नागरिक र अर्का एक उज्बेकिस्तानका नागरिकरहेका छन् ।
दमकल अधिकारीहरूले आगो लागेको भवनभित्र ठूलो मात्रामा ज्वलनशील कच्चा पदार्थ (पल्प) भण्डारण गरिएको र संरचना स्यान्डविच प्यानलबाट बनेकाले आगो छिटो फैलिएको बताएका छन् । आगलागी नियन्त्रणमा लिन उच्च तहको आपतकालीन प्रतिक्रिया जारी गरिएको थियो ।
घटनापछि रातभर गरिएको खोजीका क्रममा कारखानाको भित्री भागमा एक जनाको शव फेला परेको कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन् । फेला परेको शवको पहिचान अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । शवलाई पहिचानका लागि राष्ट्रिय फोरेन्सिक सेवा पठाइएको छ ।
दमकल विभागका अनुसार बेपत्ता कामदारहरूको मोबाइल फोनको अन्तिम संकेत कारखानाभित्रै देखिएको थियो । यसका आधारमा उनीहरू आगलागीका बेला भवनभित्र फसेको अनुमान गरिएको छ । बाँकी एक बेपत्ता कामदारको खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाका आन्तरिक सुरक्षा तथा प्रशासनसम्बन्धी निकायहरूले सबै स्रोत परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि आगलागीको कारणबारे विस्तृत अनुसन्धान गरिने जनाइएको छ ।
घटनाले दक्षिण कोरियामा कार्यरत विदेशी तथा नेपाली श्रमिकहरूको कार्यस्थल सुरक्षा सम्बन्धी विषयलाई पुनः सतहमा ल्याएको छ । गैरआवसिय नेपाली संघ एनआरएनए तथा नेपाली दूतावास र सम्बन्धित निकायहरूले घटनाबारे जानकारी संकलन गरिरहेको जनाइएको छ ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया