एनआरएनए कोरियाले भन्यो — औपचारिक एकता हालसम्म भएको छैन

गोविन्द बानियाँ सउल, दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले हालसम्म दक्षिण कोरियामा कुनै औपचारिक एकता नभएको स्पष्ट पारेको छ । 

 

बुधबार जारी प्रेस विज्ञप्तिमा एनआरएनए कोरियाले हाल विश्वव्यापी रूपमा एनआरएनए एकताको अभियान अघि बढिरहेको सन्दर्भमा दक्षिण कोरिया पनि सोही अभियानप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै दशौं कार्यसमिति पनि एनआरएनएलाई एकताबद्ध बनाउँदै अघि बढ्ने पक्षमा दृढ रहेको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा आगामी मार्च महिनामा आयोजना हुने एनआरएनए केन्द्रिय एकता अधिवेशनलाई लक्षित गर्दै केन्द्रिय पदाधिकारीहरूको दक्षिण कोरिया भ्रमणका क्रममा सहमतिका लागि छलफल भएको भए पनि दक्षिण कोरियामा हालसम्म कुनै औपचारिक एकता सम्पन्न नभएको स्पष्ट पारिएको छ।

एनआरएनए दक्षिण कोरियाले सदस्यता व्यवस्थापन, आर्थिक पारदर्शिता र संस्थागत संरचनाजस्ता विषयहरू टुंग्याएर मात्रै संगठनात्मक एकता सम्भव हुने धारणा व्यक्त गर्दै सोही अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

विज्ञप्तिमा संगठनलाई बलियो, एकताबद्ध र संस्थागत बनाउन सबै सरोकारवालासँग आगामी दिनमा व्यापक छलफल गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

 

केन्द्रिय महाधिवेशनका सन्दर्भमा अध्यक्ष महेश श्रेष्ठको संलग्नतामा दुबै एनआरएनएको तर्फबाट पदाधिकारी समेट्दै उच्चस्तरिय समिती गठन गर्ने र  केन्द्रिय प्रतिनिधी,सदस्य लगायत व्यवस्थापन गर्न सहमति पत्रमा हस्ताक्षर गरिएको बिषयलाइ बिभिन्न सञ्चारमाध्ययमहरुले कोरियामा एनआरएनए एक भएको भन्दै समाचार प्रकाशित गरेपछी विवादित बनेको थियो । 

 

 

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …