सलनालमा नेपाली सांगीतिक धमाका: दुर्गेश थापा र चर्चित कलाकारहरू कोरिया आउँदै
१५०० सिट क्षमताको हलमा भव्य कार्यक्रम हुने..
गत वर्ष ‘दुश्मन हेरेको हेर्यै’ गीतबाट सर्वत्र चर्चा बटुलेका चर्चित गायक दुर्गेश थापा कोरियाली नयाँ वर्ष सलनाल को अवसर पारेर दक्षिण कोरिया आउने भएका छन् ।
तनहुँ समाज दक्षिण कोरिया को आयोजनामा हुन लागेको ‘सेतीमादी सांगितिक सौगात – भाग २’ मा आफ्नो विशेष प्रस्तुति दिन उनी कोरिया आउन लागेका हुन्। कार्यक्रम फेब्रुअरी १६, २०२६ का दिन सउलस्थित छोङरो–५ गा स्टेशन नजिकै रहेको १५०० सिट क्षमताको भव्य हलमा आयोजना हुँदैछ।
यस सांगीतिक कार्यक्रममा दुर्गेश थापासँगै नेपालबाट चर्चित गायिका सिम्रन परियार, योजना राई र प्रदिप राई अतिथि कलाकारका रूपमा कोरिया आउँदैछन्। त्यस्तै, कोरियामै रहेका दृश्य ब्याण्ड, लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरूको सामूहिक प्रस्तुति, मगर संघ दक्षिण कोरियाको कौराह नृत्य, तथा निकेश गुरुङलगायत अन्य कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।
कार्यक्रमबारे जानकारी दिन गत आइतबार सउलमा आयोजित पत्रकार सम्मेलनमा, दक्षिण कोरियामा काम सकिएपछि बस्न सकिने ‘तनहुँ घर’ निर्माण गर्ने पवित्र उद्देश्य का साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
यस भव्य सांगीतिक सौगातका लागि टिकट शुल्क ३५,००० कोरियन वन तोकिएको छ। कार्यक्रम सफल बनाउन कोरियामा रहेको नेपाली सम्पर्क समिति तथा विभिन्न संघ–संस्थाको सहकार्य रहेको छ भने गण्डकी प्रदेश समाज दक्षिण कोरियाले समन्वय गरिरहेको छ।
कोरियाको महान चाड सलनाल को अवसरमा आयोजना गरिने यो कार्यक्रम नेपाली समुदायबीच मनोरञ्जन, आपसी भेटघाट, सांस्कृतिक आदान–प्रदान र आपसी सद्भाव बढाउने एक महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक श्रीप्रसाद श्रेष्ठ का अनुसार, “कोरियामा रहेका करिब १ लाख नेपालीमध्ये १ प्रतिशत मात्रै उपस्थित भए पनि कार्यक्रम अत्यन्त सफल हुनेछ।”
यस सलनालमा कुन कार्यक्रममा जाने भन्ने सोच्दै हुनुहुन्छ?
त्यसो भए फेब्रुअरी १६ मा आयोजना हुने ‘सेतीमादी सांगितिक सौगात – भाग २’ नछुटाउनुहोस्।
टिकट बुकिङ तथा थप जानकारीका लागि पोस्टरमा उल्लेखित आयोजकहरूको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया