कोरिया जान नपाएपछी प्रदर्शनमा, भाषा पास गरेर २ बर्ष कुर्दा पनि कोरिया जान नपाएपछी आन्दोलनमा उत्रिए

कतिको रोस्टर अवधि सकियो, कतिको सकिँदैछ...

गाेविन्द बानियाँ, दक्षिण काेरिया

दक्षिण काेरिया जान पाउनुपर्ने माग गर्दै ईपीएस प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका युवाहरूले आज काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

करिब दुई वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा र सीप परीक्षण दुवै उत्तीर्ण गरी रोस्टरमा समावेश भएका युवाहरू अझैसम्म कोरिया जान नपाएको भन्दै आक्रोशित बनेका हुन्। उनीहरूका अनुसार सबै प्रक्रिया पूरा गरिसक्दा पनि रोजगारीका लागि बोलावट नआउनु अन्याय पूर्ण रहेकाे छ।

प्रदर्शनमा सहभागी युवाहरूले सरकारले समयमै श्रम सम्झौता कार्यान्वयन नगरेको, पारदर्शिताको अभाव रहेको र आफ्ना भविष्य अन्योलमा परेको गुनासो गरेका छन्। कतिपय युवाले कोरिया जाने आशामा नेपालमै अन्य रोजगारीका अवसर गुमाइसकेको बताएका छन् भने कतिपय आर्थिक तथा मानसिक तनावमा परेको उल्लेख गर्छन्।

प्रदर्शनकारीहरूका अनुसार उनीहरू विगत ७ महिनादेखि निरन्तर आन्दोलनमा छन्। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि ठोस समाधान नआएको उनीहरूको भनाइ छ। “हामीले सबै परीक्षा पास गर्‍यौं, नियम पालना गर्‍यौं, तर अझै कुर्नुपरेको छ,” एक प्रदर्शनकारीले भने।

युवाहरूले तत्काल कोरिया पठाउने प्रक्रिया अघि बढाउन, रोस्टर अवधि स्पष्ट गर्न र सरकार–सरकारबीचको श्रम सम्झौता छिटो कार्यान्वयन गर्न माग गरेका छन्। उनीहरूले माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिएका छन्।

ईपीएस प्रणालीमार्फत हरेक वर्ष हजारौं नेपाली युवा दक्षिण कोरियामा रोजगारीका लागि जाने गर्छन्। तर पछिल्लो समय ढिलाइ, सीमित कोटा र प्रशासनिक जटिलताले गर्दा धेरै युवाको भविष्य अन्योलमा परेको देखिन्छ।

प्रदर्शनकारी युवाहरूले सरकारले समयमै निर्णय लिएर आफ्नो मेहनत र प्रतीक्षाको सम्मान गर्नुपर्ने माग गर्दै आजको प्रदर्शन सम्पन्न गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …