संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६ को तयारी अन्तिम चरणमा

दक्षिण कोरिया। आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाको आयोजनामा हुन लागिएको “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी फेब्रुअरी १ तारिख का दिन “पर्व, संस्कृति, एकताको आधार!! चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमको तयारी लगभग पूरा भएको महासङ्घका अध्यक्ष शुभराज भोम्जन ले जानकारी दिएका छन्। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा शुभकामना आदान–प्रदानका साथै मौलिक परिकार, आदिवासी चाडपर्व तथा संस्कृतिबारे विभिन्न जातीय संस्थाका अध्यक्षहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महासङ्घको ९औँ कार्यसमितिको पहिलो कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा कोरिया वासी सम्पूर्ण नेपालीहरूलाई सक्रिय सहभागिताका लागि आयोजकले आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …