संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६ को तयारी अन्तिम चरणमा
दक्षिण कोरिया। आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाको आयोजनामा हुन लागिएको “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी फेब्रुअरी १ तारिख का दिन “पर्व, संस्कृति, एकताको आधार!! चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमको तयारी लगभग पूरा भएको महासङ्घका अध्यक्ष शुभराज भोम्जन ले जानकारी दिएका छन्। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा शुभकामना आदान–प्रदानका साथै मौलिक परिकार, आदिवासी चाडपर्व तथा संस्कृतिबारे विभिन्न जातीय संस्थाका अध्यक्षहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महासङ्घको ९औँ कार्यसमितिको पहिलो कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा कोरिया वासी सम्पूर्ण नेपालीहरूलाई सक्रिय सहभागिताका लागि आयोजकले आह्वान गरेको छ।
दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…
नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
प्रतिक्रिया