फोनमनीले हस्तान्तरण गर्यो विजेतालाइ १ करोड, पुरस्कार रकमबाट घर निर्माण गर्दै विजेता
दक्षिण कोरियाको रेमिट कम्पनी फोनमनीले सञ्चालन गरेको “फोन मनी साथमा १ करोड हातमा” उपहार योजनाको विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । गत आइतबार फोनमनीको कार्यालय दोङ्देमुनमा योजनाका विजेता मिलन विश्वकर्मालाई सो रकम हस्तान्तरण गरिएको हो । गत जुलाई १५ तारिखमा उपहार योजनाको लक्की ड्र मार्फत विजेता चयन गरिएको थियो । पुरस्कार रकम हस्तान्तरण पछि खुशी साट्दै विजेता विश्वकर्माले फोनमनीले आफुलाइ विजेता छनोट गरेकोमा धन्यवाद दिँदै प्राप्त रकम नेपालमा बन्दै गरेको घरमा खर्च गर्ने बताएका थिए ।
कम्पनीले यसै योजनाको साप्ताहिक स्वरूप पैसा डबल मार्फत फोनमनी बाट कारोबार गर्ने ३६ जनाको पैसा डबल समेत गराएको थियो ।

छिटो, भर पर्दो र सुरक्षित सेवा प्रदान गर्दै आएको फोनमनीले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै डिभाइस डिटेक्टर सिस्टम जस्तो प्रविधिको प्रयोग गरिरहेको छ । जसले सम्भावित ठगी र ह्याकिङबाट प्रयोगकर्ताहरूलाई सुरक्षित राख्ने कार्य गर्दछ ।
शून्य सेवा शुल्क, छरितो प्रक्रिया, उत्कृष्ट ग्राहक सेवा र विविध रेमिट्यान्स विकल्पहरू उपलब्ध गराउँदै आएको फोनमनीले हालसम्म नेपालसँगै श्रीलङ्का, बङ्गलादेश, इन्डोनेसिया र भियतनामसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया